भाउ घट्दा पनि निगम भने उपभोक्ताको ढाड सेक्नमा नै व्यस्त

राजनीति समाचार

काठमाडौं । केही दिनयताबाट पेट्रोलियम पदार्थको मूल्य निरन्तर ओरालो लाग्न थालेको छ । भारतीय आयल निगमले यसबीचमा पठाएको मूल्य सूचिअनुसार पेट्रोलमा प्रतिलिटर लगभग ३२ रुपैयाँ र डिजेलमा प्रति लिटर ३१ रुपैयाँ घटेको मूल्य सूचि भारतीय आयल निगमले नेपाल आयल निगमलाई उपलब्ध गराएको छ । १५ दिनको अन्तरमा पेट्रोलियम पद्धार्थमा यति ठूलो परिणाममा मूल्य घटेपनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्यमा कमी नगर्ने सूचना सार्वजनिक रुपमा नै गरेको छ ।

पेट्रोलियम पद्धार्थमा निरन्तर मूल्य घटिराखेको भएपनि अहिले पनि निगमले १५ दिनमा लगभग ६४ करोड रुपैयाँ घाटा व्यहोर्नुपरिराखेको, यसैगरी भारतीय आयल निगमलाई लगभग ३१ अर्ब रुपैयाँ, नेपाल सरकारलाई ७ अर्ब रुपैयाँ र बैंकहरुलाई डेढ अर्ब रुपैयाँ दिनुपर्ने अवस्था रहेको कारण व्यवसायमा सन्तुलन नआई पेट्रोलियम पद्धार्थको मूल्य नघट्ने नेपाल आयल निगमले जनाएको छ ।

भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउन साथ समायोजन गर्ने भन्दै हरेक पटक पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि गर्ने भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ठूलो परिणाममा घटाएर पठाउँदा पनि विभिन्न बहाना गरेर पुरानै मूल्य सूचिअनुसार आफ्ना उपभोक्ताको ढाड सेक्ने नीति कायम राख्ने भएकोछ । आमचुनावको मुखमा निगमले यस्तो जनद्रोही रणनीति अख्तियार गर्दा पनि सरकार भने रमितेको भूमिकामा मात्र देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *