सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा नेताहरु

समाचार

काठमाडौं । यही साउन १९ गते निर्वाचन आयोगको सिफारिसमा आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकसाथ गर्ने निर्णय गरेको छ । तर अहिलेसम्म निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छैन । मनोनयन लगायतका निर्वाचन सम्बन्धी समय तालिका सार्वजनिक नभए पनि कतिपय चर्चित अनुहारले आफु लड्ने क्षेत्रको घोषणा गरी सकेका छन् भने कतिपय नेता भने सुरक्षित क्षेत्रको खोजीमा लागि परिराखेका छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म भएका सबै चुनाव जित्तै आएको डडेलधुर्राबाट नै अबको चुनाव लड्ने कि अर्को सुरक्षित क्षेत्र खोज्ने भन्नेमा निर्णय गरी सकेका छैनन् । देउवालाई यो स्थिति उनकै पुराना सहयोगी तथा नेपाली कांगे्रस डडेलधुर्राका पूवसभापति र सुदुर पश्चिमका पूव सांसद कर्ण मल्लले पु¥याई दिएका हुन् । यसैगरी माओबादी अध्यक्ष प्रचण्डले अहिलेसम्म चितवन, गोर्खा अथवा बर्दिया मध्ये कहाँबाट लड्ने भनेर एकिन गरी सकेका छैनन् । सिन्धुपाल्चोक १मा सभामुख अग्नी सापकोटा र कांगे्रस नेता मोहन बस्नेतको दाबी रहेको छ । ०७४ सालको निर्वाचनमा यो क्षेत्रमा नै सापकोटाले बस्नेतलाई पराजित गरैका थिए । यसैगरी पछिल्लो समयमा चर्चामा आएका ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट जुम्लामा उम्मेदवारी दिने भएका छन् । नेकपा एमाले विभाजन कालमा चर्चामा आएकी एकीकृत समाजबादीकी नेत्री रामकुमारी झाक्रीले काठमाडौंको क्षेत्र न.२ बाट उम्मेदवारी दिने योजना बनाएकी छन् । यो क्षेत्रबाट विगतमा माधव नेपाल लडेको कारण आफुलाई सहज हुने विश्लेषण झाक्रीको छ । दाङको क्षेत्र नं २ मा पूर्व सभामुख कृष्ण बहादुर महरा र लुम्बिनी प्रदेशका पूव मुख्यमन्त्री शंकर पोखरेल भिड्दै छन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा मकवानपुरको क्षेत्र नं. ३ बाट संसदको लागि प्रतिश्पर्धा गर्ने भएका छन् । सम्पन्न स्थानीय निर्वाचनमा थोरै मत अन्तरले पराजित भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बहादुर सिं पनि यही क्षेत्रबाट उम्मेदवार हुने भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो उम्मेदवारीलाई नेकपा एमालेले समर्थन गर्ने अपेक्षा गरेका छन् ।
यो निर्वाचनमा सामाजिक सन्जालमा अभियान कै रुपमा आईराखेको पुराना हराउँ अभियान र रवि लामिछानेको स्वतन्त्र नेपाल पार्टीले पनि रैथाने नेताका चुनाव परिणाममा असर पार्न सक्ने देखिएको छ । जनता समाजबादीले निष्काशन गरेपछि आफनो नेतृत्वमा नेपाल समाजबादी पार्टी गठा गरेका बाबुराम भट्ट राई विभाजित अवस्थामा रहेका कम्युनिष्ट पार्टीहरुलाई एकठाउमा ल्याउछु भन्दै नेकपा एकीकरण राष्ट्रिय अभियान पार्टी खोलेका बामदेव गौतम भने निर्वाचन क्षेत्रको विषयमा माओबादी अध्यक्ष प्रचण्डको मुख ताकेर बसीराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *