साम्पाङ कामबाट किन बढ्यो एमालेलाई छटपटी ?

समाचार

काठमाडौं । काठमाडौं, धनगढी, धरान र जनकपुर जस्ता सचेत स्थानमा राजनीतिक विल्ला सहितका उम्मेदवारलाई अस्वीकार गर्दै स्वतन्त्र हैसियतले उम्मेदवार भएका व्यक्तिलाई स्थानीय मतदाताले बहुमत मार्फत् स्वीकार गरेको घटना प्रति नजर अन्दाज गर्नुलाई ठूलो मूर्खता मान्नु पर्दछ । किनभने राजनीतिक दल र नेताहरुको कामकारवाही प्रतिको जनताको असन्तोष यी स्वतन्त्र उम्मेदवार मार्फत् यी नगरहरुका सचेत नागरिकले व्यक्त गरेका छन् । यदि राजनीतिक दलहरुले यो निर्वाचन परिणामबाट शिक्षा लिएर आफूलाई सुधार नगर्ने हो भने युवा पुस्ताको नेतृत्वमा तमाम मतदाताले यसैगरी ६ महिनापछि हुने निर्वाचनमा पनि राजनीतिक दल तथा दलिय उम्मेदवारलाई पर्याप्त शिक्षा हुने गरी यस्तै कदम चाल्ने स्वतन्त्र व्यक्तिलाई आफ्नो प्रतिनिधि बनाउने सम्भावनालाई इन्कार गर्न सकिँदैन । त्यस कारण सम्पन्न निर्वाचनको प्राविधिक परिणामबाट खुशी भएर यो गठबन्धनलाई आम निर्वाचनसम्म नै लैजाने योजना अगाडि सारी राखेका राजनीतिक दल र दलिय नेताहरुले यी चार नगरमा आएको परिणामलाई ध्यान दिएर आफ्नो कार्यशैलीमा परिवर्तन गर्नु पर्ने र त्यो परिवर्तनके विश्वास जनतालाई दिनुपर्ने अवस्था आएको छ । यदि जनताको समर्थनबाट काठमाडौं महानगरको मेयरको जिम्मेवारीमा पुग्न थालेका बलेन्द्र शाहलाई र उनका समर्थकलाई हत्सोत्साहित पार्नका लागि एक्लो बलेन्द्रबाट काठमाडौं महानगरमा कुनै काम हुन सक्दैन भन्ने जस्ता टिप्पणी गर्नेहरुले सबभन्दा पहिले राष्ट्रपति विद्या भण्डारी दाहिना र एमाले अध्यक्ष ओली बायाँ भएका निवृत्तमान काठमाडौंका मेयर विद्या सुन्दर शाक्यले कति र के काम गरे भन्ने पनि प्रष्ट पार्नु पर्दछ । त्यस कारण अहिलेको राजनीतिक विकृतिका विरुद्धमा झण्डा उठाएका स्वतन्त्र नागरिकलाई निरुत्साहित गर्न यस्ता प्रतिक्रिया व्यक्त गर्नु भन्दा यी नगरहरुमा जनताले दिएको मतको सम्मान गर्दै आफूलाई पनि सुधार गरेर अगाडि बढ्न सबै राजनीतिक दल र नेतालाई सुझाव दिए त्यसलाई सकारात्मक रुपमा लिनु पर्दछ । र, यो विषयमा सबैले बुझ्नु पर्ने के छ भने राजाको वंश नै नाश गर्ने गरी दरवार काण्ड हुँदा पनि यो मुलुक निरन्तर रुपमा अगाडि बढिराखेकै छ । त्यस कारण दलिय उम्मेदवारलाई पन्छाएर जनताले स्वतन्त्र उम्मेदवारलाई जिताएकै कारण ठूलो अनिष्ट हुन्छ भन्ने जस्ता दुश्साहसी टिप्पणी नगर्दा नै राम्रो होला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *