वामपन्थी अर्थमन्त्री किन परे विवादमा ?

समाचार

काठमाडौं । माओवादी जनयुद्धको कमाण्डर भएपनि रुखो स्वभावले परिचित गराउँदै गच्छदार शैलीका जनार्दन शर्माको व्यवहारले अर्थ मन्त्रालय दुर्गन्धित भएको छ । अर्थ मन्त्रालयका सचिव समेत यस विवाद पश्चात बद्नाम भएका छन् । तत्कालीन सचिव शिशिर ढुंगानालाई मारवाडीहरुको सूचक भनेर हटाएका अर्थमन्त्री शर्माले मन पराएका मधु मरासिनीले एक वर्षभित्रै तर्सिनुप¥यो । मधु मरासिनीसँगै अर्थमा कृष्णहरि पुष्कर राजस्व सचिव छन् । तर दुवैले जनार्दनप्रति सहजता ठानेनन् । अर्थ सचिवको खोजी हुँदै छ । पैसाको बिटो बोक्न केही तयार छैनन् । मरासिनी प्रधानमन्त्री कार्यालयमा गइसकेका छन् । माओवादीका डा.बाबुराम भट्टराई, वर्षमान पुन, कृष्ण महरा पनि अर्थमन्त्री भए । उनीहरुले अर्थमा मारवाडीको प्रवेश गराएनन् । तर राजस्व राम्ररी हेर । अर्थात् जनार्दन शर्माजस्ता पनि भएनन् । जनार्दनले शिशिर ढंगानालाई खेदेरै मरासिनी ल्याउनु नै दशा थियो । शिशिर पुराना थिए । राजस्वसँग जोडिएका आशिष अग्रवालहरु मात्र होइनन । त्यहाँ विनोद चौधरीदेखि उमेश श्रेष्ठसम्मको स्वार्थ ठूलो थियो । पार्टीमा समेत जनार्दन शर्मालाई मारवाडी भनिन्छ । अब अर्थमा सचिव बनेर जान धेरैजसो मान्दैनन् । जनार्दन उर्जामन्त्री भए । देशलाई उज्यालो बनाए । पार्टी अध्यक्ष प्रचण्ड नै सक्रिय थिए । त्यो बेला पनि एमालेको सरकार थियो । राधा ज्ञवाली उर्जामन्त्री थिइन । कुलमानले ७ लाख घुस माग्दा नदिएको कारण कांग्रेसका इन्भर्टर मन्त्री डा.प्रकाशशरण त्यही थियो । अहिले उर्जामा पम्फा छिन् । अर्थमा जनार्दन शर्माजस्ता मारवाडीले राजस्व मारेरै सेवा गरेका छन् । शर्माले सेवा दिएका विष्णु न्यौपाने, पशुपति मुरारका र अशोक अग्रवालजस्ताले मात्र साथ पाएका छन् । नेपाली जनतालाई कम्युनिष्टका अर्थ मन्त्रीले कुनै साथ दिएनन् । बिहानको बजार र दिउँसोको बजार फरक छ । बिहानको बजार र बेलुकाको बजार पनि फरक हुन्छ । नेपालका कम्युनिष्टले राष्ट्र डुबाउँछन्, आँफु मोटाउँछन् भन्ने कुरा केपी ओलीको ४१ महिने शासन प्रमाण हो । जनार्दनले भन्दा बढी अपराध गर्ने डा.युवराजको कसैले विरोध गरेनन् । युवराजले अपराध गरे देशमा भारतीय इन्धनलाई प्राथमिकता दिए र विद्युतीय गाडीमा राजस्व बढाउने काम गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *