कौवाले आफ्नो नाम आफै काट्छ

समाचार

काठमाडौं । कौवाले आफ्नो नाम आफैँ काट्छ भनेझैं यदाकदा मनुष्यले पनि आफ्नो व्यहोरा आफै झल्काउँछ । त्यसको संकेत केपी ओलीले गरे । राजनीतिमा एमालेले आफ्नो एकल हैकम र दुष्टता आफैले प्रदर्शन गरेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर स्वर्गीय तुलसीलाल अमात्य स्मृती सभा कार्यक्रममा ओलीकै कारण एमालेबाट बिच्किएका सिपी मैनालीलाई पार्टीमा आउन आफैंले आग्रह गर्नुपर्यो । ओलीले महाकालीको राष्ट्रघात स्वीकार्न २५ वर्ष लाग्यो । हिजोका दिनमा माले बनाउन लागेका नेतामध्ये राधाकृष्ण मैनाली, वामदेव गौतम, माधव नेपाल, झलनाथ खनाल कोही पनि ओलीसँग टिक्न नसक्नुको कारण नै ओलीको बोली थियो । एमालेसँग विचार बाझिएको शक्ति भनेको केवल नेकपा माओवादी नै हो । मौकामा स्वार्थ मिल्दा नेकपा मसाल पनि एमालेसँग मिल्छ ।
एमाले यतास्थितिमै रमाएको पार्टी हो । संसदीय व्यवस्थामा राजालाई ढोगेकै हो । सत्तामा कांग्रेससँग मिलेकै हो । एमालेले राप्रपालाई काँध हालेकै हो । अस्थिर राजनीतिलाई एमालेले सत्ता स्वार्थमा लिएकै हो । तर त्यसैले अरुलाई दुष्ट कसरी भन्न सक्यो ? जबकी ओलीको ४१ महिने सरकारमा सिपी मैनाली कहिल्यै गणनामा परेनन् । अहिले संस्थापकहरु लाई हटाएर केपी ओलीले सिद्धिलाल सिंहको स्मृति दिवस पारेर सिपी मैनालीलाई एउटै पार्टीमा बसेर काम गरौं भन्दा माधव र झलनाथलाई भने दुष्टको संकेत गरेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा श्रम नगरी गुटबन्दीबाट मात्र नेता बनेका नेतामा केपी ओली पर्छन् । जसलाई उपचार खर्च स्वरुप यो राष्ट्रले १८ करोड खर्चेको छ । अरुलाई भन्दा आफ्नो ऐना हेर्ने हो भने नेकपा विभाजन हुने थिएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *