शरणार्थीसँग पनि खाए

समाचार

काठमाडौं । पार्टी एकता पछिको राजनीतिक विभाजनमा माओवादीतर्फ लाग्दा अपराधबाट मुक्त भइँदैन भन्दै एमालेतिर लागेका रामबहादुर थापा बादल शरणार्थी परिचयपत्र विवादमा तानिएका छन् । गृह मन्त्रालयले शरणार्थी परिचयपत्र दिएर अमेरिका, बेलायत, अस्टे«लियाजस्ता देशमा शरणार्थीको रुपमा जानेहरुको भिडमा नेपाली चमेरालाई पैसा खाएर शरणार्थी बनाउने धन्दामा बादल पुत्र पनि सहभागी भएको चर्चा थियो । रामबहादुर थापा बादलजस्ता व्यक्तिले अपराध गर्दैनन् भन्ने धेरैलाई विश्वास थियो तर असत्य सत्य साबित बन्दैछ ।
कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछिको हत्याको बारेमा गृहमन्त्री बादलकै दबाबमा हत्यारा फरार छन् । निर्मलाको ल्याबमा परीक्षण कमजोर पार्न शुरुमै कपडा पखाल्ने र गुप्तांग सफा गर्नेसम्मको काम गृह मन्त्रालयको आदेशमा प्रहरीले ग¥यो । सो हत्या काण्डमा बादल पुत्रको नामसमेत जोडियो । माओवादीको कोटामा गृहमन्त्री रामबहादुर थापाले आदेश केपी ओलीकै मान्ने गरेका थिए । माओवादीमा पनि कार्यकर्ता बिनाका नेता भएका थिए । यो गिरोहले १ हजार १७ जनाको लिस्ट गृहमा बुझाएको थियो । अमेरिकाका लागि २० लाख उठाएको थियो । यिनै बादल गृहमन्त्री भएका बेला सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, निरज राई, सन्देश शर्मा, केशव दूलाल भुटानी शरणार्थीको नाममा ४२९ जनाले परिचयपत्र पाएका थिए । सरकारले झापा र मोरङका शरणार्थी शिविरमा गणना छुटेको हल्ला चलाइयो । त्यो बेला छानबिन गर्न बालकृष्ण पन्थीको नेतृत्वमा छानबिन समिति बनाइयो । गणेश केसी, दीपक न्यौपाने सदस्य थिए । पन्थी गृहकै पूर्व सहसचिव थिए । नक्कली शरणाथी परिचयपत्रका लागि ५ देखि २० लाखसम्म लिइएको चर्चा थियो । पैसा बुझाएर परिचयपत्र नपाएको रिपोर्ट लिएर प्रहरीकोमा पुगेका एक सयभन्दा बढी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *