कराते खेलाडी सुमन तिमल्सिना बने ब्रान्ड एम्बासडर

समाचार

काठमाडौं । लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले कराते खेलाडी सुमन तिमल्सिनालाई ब्रान्ड एम्बासडर बनाएको छ । सुमन र लनर्सका प्रबन्ध निर्देशक सुदिप छत्कुलीबीच सो सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भयो । सम्झौताअनुसार लनर्सले सुमनलाई एक वर्षका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा हवाई टिकट प्रायोजन गर्ने छ ।

कार्यक्रममा प्रबन्ध निर्देशक छत्कुलीले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गरिमा अभिवृद्धि गर्ने खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउन पाउँदा गर्वको अनुभूति भएको बताउँदै निजी क्षेत्रबाट पनि खेलाडीलाई प्रोत्साहन गर्ने कार्य हुनु पर्नेमा जोड दिए । प्रबन्ध निर्देशक छत्कुलीले सुमनको लगनशीलता र देशलाई दिलाएको उपलब्धिका कारण पहिलो पटकलाई एक वर्षका लागि ब्रान्ड एम्बासडरमा अनुबन्ध गरेको जानकारी गराए । सुमनले खेलकुद र खेलाडीको महत्व बुझेर ब्रान्ड एम्बासडर बनाएकोमा लनर्स परिवारलाई धन्यवाद दिदै लनर्सको प्रवर्द्धनमा आफूले सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता जनाए ।

सुमनले बंगलादेशमा भएको तेस्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौं एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ–कातमा स्वर्ण जितेका थिए । एसियाली गोजुरियो कराते महासंघका रेफ्री सुमनले युरोपिन कारते जज इङल्यान्ड ९डब्लुयुएमएफ० बाट उत्तीर्ण गरेको जनाइएको छ ।

पुतलीसडकमा सात वर्षअघि स्थापना भएको लनर्सले अस्ट्रेलिया, क्यानडा र युरोपमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि परामर्शदाता र अन्य आवश्यक कार्यमा सहयोग गर्दै आएको छ । प्रबन्ध निर्देशक छत्कुलीले खेलकुद सम्बन्धी अध्ययन गर्न र उच्च शिक्षा हासिल गर्न विदेश जाने अन्तर्राष्ट्रिय खेलाडीलाई निस्शुल्क परमर्शका साथै लागतमा विशेष छुट दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *