माओवादी केन्द्र र नेसपाले संयुक्त रूपमा दर्ता गराए दल

राजनीति समाचार

काठमाडौ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी ९नेसपा० ले संयुक्त रूपमा दल दर्ता गरेका छन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन प्रयोजनार्थ आज (मङ्गलवार० निर्वाचन आयोग पुगेर दुवै पार्टीले संयुक्त रूपमा दल दर्ता गरेका हुन् ।

दुवै पार्टीबीच आउँदो चुनावमा एकै चिह्नबाट चुनाव लड्ने सहमति भएको थियो । मङ्गलवार बिहान नेकपा ९माओवादी केन्द्र० को केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले डा। बाबुराम भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न दिने निणर्य गरेको थियो ।

नेसपा अध्यक्ष डा। भट्टराई र नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले आउँदो सङ्घ र प्रदेश सभा चुनावमा एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धामा जाने कुरालाई दुवै पार्टीले समर्थन गरेका थिए ।

दल दर्ताका लागि आज दिउँसो नेकपा ९माओवादी केन्द्र० र नेपाल समाजवादी पार्टीका कर्मचारी निर्वाचन आयोगमा पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *