टेलिकमभित्र चोरको विगगिगी

समाचार

काठमाडौं । नेपाल टेलीकमभित्र अहिले व्यापक चर्चा चल्ने गरेको छ । टेलिकमको विज्ञापन पनि विभिन्न टेलिभिजनतिर विज्ञापन हेर्न, देख्न लगाएक छ । फाइबर जोड्नुस् प्याक लिनुहोस् भन्दै विज्ञापन प्रचारप्रसार गरिन्छ । तर, दूरसञ्चार प्राधिकरणले एक फोनबाट अर्को फोनमा आएको टेलिफोनमा कल गर्दा १० पैसा लाग्ने भनेको थियो । नेपाल टेलिकमबाट एनसेलमा कल गर्दा १० पैसा लाग्ने भनेको थियो । नेपाल टेलिकमबाट एनसेलमा कल गर्दा १० पैसा चार्ज लाग्नेमा ५४ पैसा लिने गरेको छ ।

१० पैसा लाग्ने भनेर २०७८ साल माघबाट लागु गर्ने भने तापनि अहिलेसम्म लागू गरेको छैन । उल्टै प्रतिमिनेट ५४ पैसा लिने गरेको छ । यस्ता उदाहरण टेलिकममा थुप्रै छन् । खासगरी नेपाल टेलिकमभित्र रहेका स्टोर किपरदेखि विभिन्न ओहोदामा रहेका कर्मचारीले टेलिकमलाई दुहुनो गाई बनाएका छन् । स्टोर किपरमा बस्ने कर्मचारीले टेलिफोनको तारदेखि विभिन्न टावरमा चार्ज गर्ने ब्याट्री बत्ती निभाएर अथवा बत्ती गएको बेलामा सिसी टिभी बन्धगरेर तारदेखि ब्याट्रीसम्म चोरी गरी बिक्री गरेको आरोप लाग्दै आएको छ ।

यस्तै अहिले टेलिकमलाई विभिन्न कामको लागि चाहिने सामान खरिद ठेक्कापट्टा, रंगरोगन सामान सप्लायर्स जस्ता कामको कमिसन खाने र टेलिकममा ठेक्काको सूचना निकाल्ने र सबै सामान गुणस्तरहिन प्रयोग गर्ने रिचार्ज गर्ने र रिचार्ज कार्डमा कोरेर नम्बर डाएल गर्दा सबै रिचार्ज कार्ड गुणस्तरहीन हुनेर नम्बर नदेखिने कामनलाग्ने नम्बर जाने खालको रिचार्ज कार्ड बजारमा वितरण गरिएको बताइन्छ । नेपाल टेलिकमबाट आम नेपाली जनता उपभोक्ता ठगिएको गुनासो आइरहेको छ । रिचार्ज कार्डमा समेत कमिसन लिने गरिन्छ । अहिले जोडिएको टेलिफोन र नेटको पैसा महिनामा १ हजार टेलिकमले दिएपछि नेट र टेलिफाने चल्ने गरेको छ ।

तर, नेट एकदमै कमजोर (स्लो) छ । बनाउन लगाउँदा पनि न टेलिफोन चल्छ, न नेट नै । बत्ती गएपछि दुवै चल्दैन । यसमा गुणस्तर कम भएको बताइन्छ । खाली टेलिकमका कर्मचारीले लाइन जोड्ने भन्दै अफिसको कामभन्दा घरायसी काममा ध्यान दिने र कसरी ओभर टाइम खान सकिन्छ भन्दै हिड्ने गरेको बताइन्छ । सबैभन्दा टेलिकमभित्र जुनसुकै कामको कमिसन खाने दाउमा कर्मचारी लागिपरेका छन् । पहिलाको टेलिकम र अहिलेको टेलिकमको गुणस्तर आकास जमीनको फरक रहेको भन्दै टेलिकमलाई सुधारतिर भन्दा पनि कमाउ धन्दातिर लागेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *