कांग्रेस, एमाले र माओवादीले इमानदार कार्यकर्ता त्याग्दै, चाकडी र चाप्लुसी च्याप्दै

समाचार

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको चुनाव गर्ने भएको छ । राजनीतिक दलले चुनावको तयारी गरिाखेका छन् । आगामी चुनावमा कुनैपनि पार्टीले बहुमत ल्याउने सम्भावना छैन । सबै पार्टीभित्र गुटउपगुटले जरो गाडेको छ । कांग्रेस पार्टीभित्र पनि गुटउपगुटको रोग गाँजिएको छ । टिकट पाउने हो कि होइन भन्दै आफ्नो गुट समाउन थालेका छन् । यस्तै एमाले पार्टीभित्र पनि कसकसले टिकट पाउने हो भनेर गुटउपगुट बनाउन थालेका छन् । एउटा केपी गुटभित्र पनि ईश्वर पोखरेल गुट, प्रदीप नेपाल गुटदेखि योगेश भट्टराई, धनश्याम भुशाल, भीम रावल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, प्रदीप नेपाल जस्ता नेताभित्र पनि गुटको खेती त्यत्तिकै फस्टाएको छ । उता माओवादी केन्द्रमा प्रचण्ड, वर्षमान पुन, जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ खेमाभित्र ठुटउपगुट छँदैछ ।

गुटकै कारण माओवादीले पार्टी महासचिव, सचिव र कोषाध्यक्ष जस्ता पद रिक्त रहेका छन् । उता तराईवासी पार्टीले एउटै बन्न सकेन सबै फुटेका छन् । एमालेबाट फुटेको एसपार्टीमा पनि झलनाथ खनाल, माधव नेपालबीच नै एकता छैन । राजनीतिक पार्टीभित्र एकता नभएपछि विदेशीले खेल्ने नै भए । पार्टी–पार्टीबीच एकता छैन । राजनीतिक पार्टीकै कारण नेपालमा विकृति पैmलिएको छ । आफ्नै पार्टीभित्र एक नेताले अर्को नेतालाई देख्न नसक्ने भएका छन् । नेपाली कांग्रेस पार्टीभित्र शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा एकातिर छन् । यस्तै कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, धनराज गुरुङभित्र पनि गुट छन् । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवा एकातिर रहेका छन् । एमालेभित्र त्यस्तै चाल छ, माओवादीमा त्यस्तै छ, मधेसी पार्टीमा त्यही चाल राजनीतिक पार्टीले गर्दा सरकार बलियो बन्न सकेको छैन । सरकार बलियो नभएपछि जताततै भद्रगोल भएको छ ।

सरकारकै कारण अहिले महंगी, भ्रष्टाचार, अनियमितता र विकृति, विसंगति बढेको छ । यसलाई रोकथाम कुनैपनि पार्टीले गरेको छैन । सरकारले कतिपय काम गर्न सकेको छैन । अहिले गठबन्धन गरेर चुनाव लड्ने भन्दै छ । गठबन्धनभित्र पनि एकता छैन । पार्टी बीच एकता छैन भने गठबन्धनभित्र कसरी एकता हुन्छ । प्रचण्ड एकातिर, माधव अर्कातिर, शेरबहादुर देउवा अर्कातिर भएका छन् । आगामी मंसिर ४ मा हुने चुनावमा कांग्रेसले ९० देखि ९५ सिट माग्दैछ । माओवादीले ६० सिट मागेको छ, एसले ३० सिट दावी गरेको छ । यस्तै तराईवासी दलले ३० सिट दावी गरिरहेको छ । जनमोर्चाले ५ सिट मागे तापनि जम्मा चाहिने प्रत्यक्षतर्पm १६५ सिट संख्या हो ।

तर, राजनीतिक दललले चाहिने भन्दा बढी सिट दावी गरिरहेका छन् । कसरी भागबण्डा मिलाउँछन् ? खाली राजनीतिक पार्टीले भागबण्डा मिलाउने बाँडीचुडी खानेभन्दा अन्य काम गरेका छैनन् । आगामी चुनावमा पनि राजनीतिक पार्टीको बहुमत आउने र स्थायी सरकार बनाउने सपना चकनाचुर हुने देखिन्छ । खासगरी राजनीतिक दलभित्र एकता छैन । गठबन्धन, एकता जे भएपनि जसले पैसा खोलो बगाउँछ उहीं पार्टी ठूलो मात्र होला । तर, राजनीतिक पार्टींमित्र कार्यकर्तामाझ एकता छैन । पार्टीभित्र एकता छैन सबैले भ्रष्टाचार गरेका छन् । जताततै भ्रष्टाचार, महंगी बढेको छ । पैसा उठाएका छन्, व्यापारीले नेतालाई चुनाव खर्चको जोहो गर्दैछन् ।

व्यापारीले नेतालाई चुनाव खर्च दिएर जिताएपछि व्यापारीले नेताको पछि लागेर यसको फाइदा उठाउँदै छन् । चुनाव जितेपछि सांसद भएर जनताको कामभन्दा पनि चुनावमा कति खर्च भयो यसको हिसाव किताव गर्दै दिन बिताउने गरेका छन् । जनताको काम गर्न छाडेका छन् । जनताले पनि राजनीतिक दलका नेतालाई पत्याउन छाडेका छन् । यसकारण पनि विकासको अवधारणा बन्न सकेको छैन ।
राजनीतिक दलका नेताले आगामी चुनावमा टिकट पाउनको लागि लविङ गर्न थालेका छन् । राजनीतिक दलका शीर्ष नेता, पार्टी सभापति र पार्टी अध्यक्षले टिकट दिनको लागि जसले आफ्नो चाकडी गर्छ । जसले खर्चपानी राम्रो दिन्छ । जसले सधैं चाकडी, चाप्लुसी गर्दछ त्यसैलाई पार्टीले टिकट दिएर पठाउँछन् । जनताको लागि भनेर जीवनभर पार्टीलाई ज्यान दिन्छ । जनताको कामको लागि मरिमेटेर लाग्छ । जनतामाझ भिजेको र चुनाव जित्न सक्ने व्यक्तिलाई पार्टीले टिकट दिने गरेका छैनन् ।

बल्लतल्ल मरिहत्य गरेर विभिन्न नेताको सोर्सफोर्स लगाएर नेताको प्यारो भएजस्तो गरी टिकट लिएपनि यस्ता व्यक्तिलाई चुनावमा हराउने गरिन्छ । किन कि पार्टीभित्र घातअन्तर्घातको सिलसिला बढेको छ । एकातिर चुनाव हार्ने अर्कोतिर पैसा खर्च गर्नुपर्ने भएपछि कतिपय कार्यकर्ता पार्टीबाट विलय भएका छन् । सबै पार्टीभित्र कार्यकर्ता विलय हुने अवस्था आएको छ । एमाले, कांग्रेस र माओवादी जस्ता पार्टीले पुराना र इमान्दार कार्यकर्ता गुमाउँदै आएका छन् । जो पार्टीमा काम गर्दैन, संगठन विस्तार गर्दैन, त्यस्ताले पार्टीको नाम भँजाएर खान्छ, नेताको चाकडी गर्दछन् त्यस्तालाई पार्टीले पत्याउने र नेताले च्याप्ने भएपछि राजनीतिक दलभित्र कार्यकर्ताको खडेरी लाग्दै आएको छ । यस विषयमा राजनीतिक पार्टीका कार्यकर्ताले ध्यान दिने कि ?
–सविन बस्नेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *