शिक्षामा दिनानाथको पाठ सिक्दै देवेन्द्र पौडेल

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेस जतिसुकै बेथिती र विसंगतिको कुरा गरेपनि डा.तीर्थ खनियाँ स्वनामधन्य भ्रष्टले माध्यामिक शिक्षा परिषद्मा गर्नुसम्म भ्रष्टाचार गरे । तिनैलाई भ्रष्ट शिरोमणि गोविन्दराज जोशीले बोके । त्रिविविको उपकूलपति बन्दा तिनै खनियाँले जोशीलाई पत्याएनन् । किनकि जोशी पुत्र दीपकराज जोशी कुशल इन्जीनियर थिए । उनी त्यो बेला पुल्चोक क्याम्पसमा प्रवेश गर्न चाहन्थे । डा.खनियाँले जोशीकै कारण शिक्षामा भ्रष्टाचार गरे र कलंकीमा महल खडा गरे ।

त्रिभुनव विश्वविद्यालय बद्नाम तिनैको पालामा भयो । त्यही बेला विश्व विद्यालयको अनुदानमा आयोगको पैसामा लुट मच्चाएका केदारनाथ घिमिरेले दोस्रो उच्च शिक्षा परियोजनाको अनुसन्धान पेपर अर्काको चोरी गरेर बुझाएका थिए । २०७० साउनको घटना थियो त्यो । अनुदान आयोगको सदस्य सचिव भोला पोखरेल हुँदा आयोग कालो सूचीमा परेको र ठग केदार घिमिरेलाई माओवादीका मन्त्री देवेन्द्र पौडेलले आयोगको अध्यक्ष बनाउने तयारी गरेका थिए । मन्त्रीका पिए नै छोरा थिए ।

उनको काम दाम समाउने हो । त्रिवि सेवा आयोगमा छँदा पनि केदारनाथले सत्कर्म गरेनन् । यिनकै कला कौशलबाट त्रिविविको प्राध्यापन गराउने शिक्षक परीक्षामा समेत नियम तोड्ने काम गरेर नतिजा रोकिएका छन् । तनहुँका घिमिरेको क्षमता भनेको आश देखाएर त्रिविवि विज्ञान संकायका विद्यार्थीहरुमाथि दोहन गर्नु थियो । युवा कांग्रेसी नेताहरु प्रदीप पौडेल, शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुव वाग्लेसम्मले यिनलाई पत्याउँदैनन् ।

तर रामचन्द्र पौडेललाई प्रयोग गर्न सफलता हासिल गर्छन । यस्ता बिचौलिया र भ्रष्टलाई त्रिविवि सेवा आयोगको अध्यक्ष बनाउँदा कस्तो हालत होला ? विद्यार्थीहरु प्रतिरोध गर्ने भन्दैछन् । माओवादीबाट शिक्षामन्त्री भएका दिनानाथ शर्मा २२ महिनामा पछि सामाखुसीमा तीनवटा टावर खडा गर्न सफल भए । उनकी पुत्री कल्पना शर्मा पैसा उठाउन हिँड्ने गर्थिन । शिक्षाबाट हुने आर्जन दिनानाथले चेला देवेन्द्रलाई सिकाएका छन् । देवेन्द्र पनि जनयुद्ध कालको सुन पचाउने कला भएका नेता हुन् । उनकी श्रीमती वलामति शर्मा बुद्धिजीवी संगठनको सदस्यता शुल्क खाइदिन हिम्मत भएकी नेतृ हुन् । पहिला शर्मा र हिसिला यमी एउटै टिममा थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *