सूचना र सञ्चारमा पौडेलहरुको राइदाँइ

समाचार

काठमाडौं । विचौलिया र दलालहरुका लागि स्वर्ग हो । न त यहाँ अख्तियार लाग्छ न अदालत । यस्ता माफियाहरुकै मुलुकमा कसरी राज चल्छ भन्ने जान्न र बुझ्नका लागि एउटा सानो उदाहरण हेरौं मुलुकको सूचना प्रविधि क्षेत्र ।
जबसम्म शासनसत्तामा केपी शर्मा ओलीको राज थियो यस्को पकड थियो अस्गर अलिको । अलि इसेवाको मालिक । राष्ट्रबैंकको परिभाषा अनुसार त्यो गैरकानुनी कम्पनी । त्यही कम्पनीका मालिक केपी शर्मा ओलीका विज्ञ सल्लाहकार । गृह मन्त्रालय मातहतको पञ्जिकरण विभाग,अध्यागमन विभाग,निर्वाचन आयोगमा उसैको पहुँच र सिण्डिकेट । केपी ओलीको राज गयो र उदाए राज्यशक्तिमा आरजु राणा । आरजुको छत्रछाँया पाए पछि अहिले यो राज पौडेलहरुमा सरेको छ । मुलुकको सूचना प्रविधि कमाण्ड गर्न निकायमा एउटै जिल्लाका पौडेलहरुको राज चलेको छ । पर्वतेहरु हुन यसरी सूचना प्रविधिको क्षेत्रमा लुट मच्चाउने ।
जस्तो राष्ट्रिय सूचना प्रविधि केन्द्र अर्थात एनआईआईटीसीमा कार्यकारीमा नियुक्त प्रदीप शर्मा पौडेल । उनी त्यहाँ जानु अघि सेन्ट जेभियर्स कलेजमा प्लस टुलाई पढाउँथे । हुन त उनले विज्ञान विषयमा स्नातकोत्तर गरेका छन् । तर एनआईआईटीसीमा कार्यकारी हुनका लागि उनको योग्यता नै पुग्दैन तर मुख्यसचिव नै दाहिना भए पछि योग्यता नपुगे पनि उनी मालदार ठाउँमा नियुक्त भए अर्थात च्यानल मिलाएर नियुक्त खान सफल भए । नाताले मुख्यसचिव शंकरदास बैरागीका साढु भाइ र सालीका छोरा रहेछन् । त्यही कारण सूचना सञ्चार मन्त्रालयअन्तर्गतबाट प्रारम्भिक चरणमै फालिनुपर्ने व्यक्तिको नाम योग्य मानेर सिफारिस मात्र भएन क्याविनेटले तीन मध्ये अत्ति उत्तम ठानेर हाकिम नै बनाइदियो ।
उसो त केपी ओलीका विश्वास पात्र गोकुल बाष्कोटालाई फसाउने सेक्युरिटी प्रेसका हाकिम विकल पौडेल हुन वा उनीहरुकै इच्छामा टेलिकमका सुनिल पौडेल त्यही नाताका दाजुभाइ हुन् । उक्त केन्द्रको कार्यकारी निर्देशक हुन विज्ञान,अर्थशास्त्र र सूचना प्रविधिलगायत तोकिएका विषयमा स्नातकोत्तर गरेको हुनुपर्छ । योग्य उम्मेदवारको निम्ति कार्यअनुभव पनि उल्लेख छ । जसमा सूचना प्रविधि क्षेत्रमा १० वर्षको अनुभव वाञ्छनीय भनिएको छ । पौडेलसँग योग्यताको नाममा विश्वविद्यालयको प्रमाणपत्र मात्र रहेको बताइन्छ । हतियार दलाल दिपक भट्टको जोडबल पनि पाएका विकल पौडेल र नेपाल टेलिकमका सुनिल पौडेल प्रदीप शर्माका १३ दिने दाजुभाइ खलक हुन् । यसरी नेपालको संचारक्षेत्रमा कब्जा गर्न सफल विकल पौडेल अमेरिकी नागरिक हुन् । आरजु राणाले विनियम नै संशोधन गरी टेलिकमको एमडी नियुक्ति गरेका सुनिल पनि अमेरिकी ग्रिनकार्डहोल्डर नै हुन् । संचार जस्तो संवेदनशील निकायको प्रमुखमा विदेशी पीआर लिएकाहरुलाई नियुक्ति गरिएको छ । टेलिकम धरासायी पारी एनसेल पोस्नकै लागि अरबौंको चलखेलमा सुनिल पौडेल आएका समाचार सार्वजनिक भइसकेका छन् । विकल पौडेल काँग्रेस नेता तथा पूर्वमन्त्री नारायण पौडेलका नातेदार पनि हुन् । सूचना प्रविधिको क्षेत्रमा माफियाको प्रवेश गराउने डिजाइनरका रुपमा विकल पौडेललाई चिन्ने गरिन्छ । जसलाई माओवादीका मन्त्री राम कार्कीले सुरक्षण मुद्रणमा नियुक्ति गरेका थिए । यौनहिंसााको आरोप लागेपछि अमेरिका पलायन भएका पौडेलले उतैबाट उक्त प्रकरणलाई सेटल गरी नेपाल फर्किएलगत्तै प्रदीपको नियुक्तिको सेटिङ र चलखेलमा लागेका छन् । अहिले सिंहदरवारदेखि भद्रकालीसम्मका सूचना प्रविधिसँग सम्बन्धित सबै निकाय पौडेलका परिवारले कब्जा जमाएका छन् भने विकल आफैं भने केही समयपछि रिक्त हुन लागेको दूरसंचार प्राधिकरणको अध्यक्ष बन्ने खेलमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *