सेतो हात्ती हुँदै गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थाल

राजनीति समाचार

काठमाडौं । गत जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने गरी प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । गौतमा बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर भैरहवामा निर्माण भएको मुलुकको दोस्रो विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ह्वात्तै बढ्ने विश्लेषण गरिएको थियो ।

खासगरी श्रीलंका, भियतनाम, कम्बोडिया, दक्षिण कोरिया र जापानजस्ता बौद्धमार्गी आध्याधिक रहेका मुलुकबाट लुम्बिनीको दर्शन गर्न सिधैं यो विमानस्थाल उपयोगी हुने विश्वास गरिएको थियो । तर, अहिलसम्म एकजना यात्रु भएको एउटा विमानले अन्तर्राष्ट्रिय उडान गरेको छ भने अन्तर्राष्ट्रिय विमानले सातामा ३ पटक मात्र यो अन्तर्राष्ट्रिय विमानस्थललाई अहिलेसम्म उपयोग गरिरहेको छ । न्यारो बडीको विमानमार्फत सातामा ३ दिन उडान गर्दा यो अन्तर्राष्ट्रिय विमानस्थालको सञ्चालन खर्चसमेत उठ्न सकेको छैन । यो विमानस्थलमा आफ्नो सेवा दिन एयर अरबिया र थाइ दुबई जस्ता विमान सेवाले इच्छा जनाएका भएपनि प्रक्रिया भने अगाडि बढ्न सकेको छैन ।

खासगरी हवाइमार्ग अव्यावहारिक र नाफामुलक नभएको कारण भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा दिन अन्तर्राष्ट्रिय हवाइसेवाहरु अनेक्षित रहेको बताइन्छ । भारतले नेपालका लागि अहिलेसम्म सिमराबाट प्रवेश गर्ने तथा बाहिरिने गरी एउटा मात्र हवाइ रुट दिएको छ । भैरहवाको लागि सिमराको आकास उपयोग गर्नुपर्ने अवस्थामा समय र लागत पनि बढी हुने भएकाले कतिपय अन्तर्राष्ट्रिय विमानसेवाहरु लुम्बिनीस्थित गौतम बुद्ध विमानस्थलमा सेवा दिन इच्छुक छैनन् ।

सरकारले भैरहवा र पोखरालाई केन्द्रमा राखेर भारत सरकारसँग हवाइमार्ग माग्दै आएको छ । तर, भारतले आफ्नो सुरक्षाको कारण देखाउँदै नेपालले मागेअनुसार ती हवाइमार्ग दिन अस्वीकार गरिरहेका छ । असहज रुपमा नेपाल प्रवेश मार्गको कारण अन्तर्राष्ट्रिय विमान सेवाहरु भैरहवास्थित गौतम बुद्ध विमान स्थलबाट सेवा दिन इच्छुक छैनन् । यसका लागि भैरहवाकै आकासमार्ग चाहिने भनाइ अन्तर्राष्ट्रिय विमान सेवाहरुको रहेको छ । यहीं कारणले गर्दा सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थालको उपयोग बढ्न सकेको छैन ।

अब यहीं अवस्था रहिरहने हो भने केही महिनापछि निर्माण सम्पन्न भएर सेवा दिने स्थितिमा पुग्ने पोखरा क्षेत्रीय विमानस्थालको पनि हालत यस्तै हुने क्ने देखिएको छ । अन्तर्राष्ट्रिय विमान सेवालाई आकर्षित गर्न नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध विमानस्थाल उपयोग गर्न हवाइसेवालाई ५० प्रतिशत छुट दिने निर्णयसमेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *