पार्टीका प्रतिनिधिसँग निर्वाचन सम्बन्धमा छलफल गर्दै आयोग

राजनीति समाचार

काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ राजनीतिक पार्टीका प्रतिनिधिलाई आज ९सोमबार० छलफलका लागि बोलाएको छ । बिहान साढे ११ बजे पार्टीका नेताहरूलाई परामर्शका लागि बोलाइएको हो ।

उनीहरूसँग निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन् । आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी समेत गरेको छ । आउँदो मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुने तय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *