महाअभियोग सिफारिस समितिको बैठक बस्दै

राजनीति समाचार

काठमाडौँ । महाअभियोग सिफारिस समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ । समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो ।

समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टका अनुसार आज दिउँसो २ बजे बस्ने बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची छ ।

साथै समितिको सभापति चयनको विषय पनि उठ्न सक्ने उनले बताएका छन् । प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोग उपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले २२ साउनमा पाएको थियो ।

१ फागुन २०७८ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरुले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । जबराविरुद्धको महाभियोग प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो । प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबराविरुद्धको महाअभियोग प्रस्ताव, महाअभियोग सिफारिस समितिमा पठाएको थियो । प्रतिनिधिसभा नियमावलीमा महाअभियोग दर्ता भएपछि दुई साताभित्रै छानविनका लागि महाअभियोग सिफारिस समितिमा पुग्ने र समितिले जिम्मेवारी पाएको तीन महिनाभित्र अध्ययन सकेर सिफारिस गर्नुपर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *