सदाका लागि विदा भए गर्व गर्न लायक नेता

राजनीति समाचार

काठमाडौं । दक्षिण एसियाकै प्रसिद्ध समाजवादी नेता तथा चिन्तक भनेर परिचय बनाएका नेपाली कांग्रेसका सम्मानित व्यक्तित्व तथा सांसद प्रदिप गिरिको हालै निधने भएको छ । लामो समयसम्म नेपाली कांग्रेसमा आबद्ध भएर राजनीति गरेका भएपनि प्रदिप गिरिलाई उनको व्यक्तित्वको कारण नेपाली कांग्रेसमा मात्र सिमित राख्न हुदैन । खासमा स्व. प्रदिप गिरिलाई नेपाली कांग्रेसको नेता र सांसद भन्दा उनको अपमान हुन जाने स्थिति रहेको छ ।

किनभने अहिलेको नेपाली कांग्रेसका नेताहरु पद र पैसाका लागि जे पनि गर्न तयार हुने गर्दछन् । तर, कांग्रेसको नेता भएर पनि प्रदिप गिरिले कहिले पनि पद र पैसालाई महत्व दिएनन् । यहि कारणले गर्दा उनका समकालिन कांग्रेसी नेताहरु पटक–पटक मन्त्री र प्रधानमन्त्री भइसक्दा पनि प्रदिप गिरीले मन्त्री हुने चाहना कहिले पनि राखेनन् । यसैगरी टाउको दुख्दा राज्यकोषबाट रकम कुम्लाउने प्रवृक्ति विकास भइरहँदा प्रदिप गिरीले भने आफ्नो उपचार आफ्नो घर बेचेर गरेका थिए ।

र, उनले क्यान्सर जस्तो गम्भिर रोग लाग्दा पनि राज्यसँग उपचार खर्चका लागि कहिलेपनि विनय गरेनन् । यस्ता अद्भुत गम्भिर चिन्तन बोकेका प्रदिप गिरि सदाका लागि हामीबाट विदा भएका छन् । यो दुःखत अवसरमा उनीप्रति श्रद्धञ्जली दिनेको भिड नै लागेको छ । तर, एउटा पनि नेता स्व. प्रदिप गिरीको बाटो अपनाउछु भनेर अगाडी आएको छैन ।

वास्तवमा स्व. प्रदिप गिरि नेपाली कांग्रेसका लागि मात्र होइन नेपालीकै लागि गर्ब गर्न लायक विश्वलाई देखाउन लायक नेता थिए । यस्तो दुःखद श्रणमा यो तामाकोशी परिवार स्व. प्रदिप गिरिको आत्माको चिरशान्तीको कामना गर्दै उनका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *