बन्दकर्ताद्वारा टिपरमा आगजनी, चार पक्राउ

समाचार

दाङ । दाङमा बन्दकर्ताले आज (मंगलबार) बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन् ।
चार(पाँच जनाको समूहमा रहेका व्यक्तिले टिप्परको अघिल्लो भागमा आगजनी गरी भागेका थिए ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार ट्रक ड्राइभर र चार जना बन्दकर्तालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ । आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ । आज मंगलबार चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कणर्जितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् । तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीका विरुद्ध देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *