स्ववियु चुनावका लागि नेविसंघद्वारा १४ समिति गठन

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विभिन्न १४ वटा समिति गठन गरेको छ ।

चैत्र ५ गते सम्पन्न हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट प्रत्यक्ष तथा समानुपातिक पदका उम्मेदवारलाई निर्वाचित गराउन र निर्वाचनमा नेपाल विद्यार्थी संघको सहभागितालाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यका निर्वाचन केन्द्रित समितिहरू गठन गरिएको छ ।

प्रत्येक समितिमा एक सदस्य सचिव रहने व्यवस्था गरिको छ भने समितिको आकार, समयावधि, काम कर्तव्य र अधिकार कार्यादेशमा तोकिए बोजिम हुने नेविसंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *