नेपाल र भारतबीच वासक्षेत्र सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

देश/विदेश राजनीति समाचार

काठमाडौं। नेपाल र भारतबीच वासक्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटीलले खानेपानी, सरसफाई तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । सोमबार नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक बिषेश कार्यक्रमकाबीच खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रको विकास सम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट मन्त्री यादव तथा भारत सरकारकातर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गरेका छन् ।

भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाई र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको तथा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाई प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने  लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *