काठमाडौं । तनहुँको व्यास नगरपालिका– २ र ३ वडामा खानेपानीको हाहाकार भएको छ ।
दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास– ४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि हाहाकार भएको हो । व्यास– २ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन घण्र्टौं कुर्नुपरेको स्थिती रहेको छ ।मुग्लिन–पोखरा सडक विस्तारका क्रममा अस्थायी रूपमा रहेको खानेपानीका पाइप हटाएर स्थायी व्यवस्थापन गर्न लागिएका कारण खानेपानी वितरणमा समस्या भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जानकारी दिएको छ । मङ्गलबार साँझदेखि पानी वितरण नभएपछि सर्वसाधारणको साँझ अबेरसम्म भीड लाग्ने गरेको छ ।
