यस्तैले पाउँछन् प्रहरीको राम्रो स्थान

राजनीति समाचार

काठमाडौं । राजनीतिक पहुँच र पैसा भएपछि नेपाल प्रहरीमा क्षमताहीन र तन्नामहरुले ठाउँ पाउँछन् भन्ने उदाहरण हुन् लागूऔषध ब्यूरोका एसएसपी विकास खनाल । एयरपोर्टमा बस्दा सुनकाण्डमा परेका खनाल कुनै बेला महाराजगंज प्रभागमा थिए । महाराजगंजमा हुँदा उनले कमाल नै गरे । एयपोर्टमा बिस्कुट काण्डले तहल्का मच्चाएको थियो । लामो समयमा सफाइ पाएपछि उनी बुटवल पुगेका थिए । बुटवल, पोखरा, प्रदेश १ को कार्यालय सुनसरी हुँदै अहिले पैसा पेलेर नै लागूऔषधमा आइपुग ेका छन् ।

काठमाडौं परिसरको एसएसपी हुँदा विवादित बनेका सुदिप गिरी पनि डीआईजी भए । अहिले प्रदेश १ मा तस्करीको लाइन चलाएका छन् । उनी जानासाथ रानी भन्सारमा प्ररहीले भारत पठाउन ठिक पारेको आठ ट्रक सुपारी राजस्वले प्रक्राउ गरेको छ । सशस्त्र प्रहरीका डीआईजी कमल गिरीको पनि त्यो काण्डमा हात थियो । नेपाल प्रहरी र सशस्त्रलाई भगिनी संगठन बनाएको आरोप छ । कांग्रेसले पैसा लिएर कमाण्डमा असफल एसएसपी जनक भट्टराईलाई अपराध अनुसन्धानमा पठायो ।

काठमाडौंमा भरत बोहरालाई खटाइएको छ । त्यस्तै क्षमता कमजोर भएका अनुराग द्विवेदीले मानव बेचबिखन ब्यूरो पाएका छन् । नेताका पिएसओ बसेका बोमल शाह, नरेश सुवेदी, सिद्धिविक्रम शाहजस्ताले राम्रो ठाउँ पाउँदा प्रहरीको निष्पक्षता माथि शंका थपिन्छ ।
स्याङजाको कमाण्डबाट फर्केको ६ महिना नबित्दै होविन्द्र बोगटी बारा पुगेका छन् भने परासीबाट काठमाडौं फर्केका अजय केसी कास्की पुगेका छन् । एसपी सरुवाको नाटकमा पैसाको खेलोफड्को भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *