नेपाल टेलिकमभित्र भद्रगोल, प्रहरीमा उजुरी

समाचार

काठमाडौं । २०४२ सालपछि नेपालमा प्रजातन्त्रमा स्थापना भएपछि नेपाल सरकारको स्वामीत्वमा रहेको संस्थान सबै माटोमा बिलाएका छन् । बाँकी रहेको आयल निगम सधैँ घाटामा जाने गरेको छ । नेपाल खाद्य संस्थानको हालत पनि त्यस्तै छ । दुग्ध विकास संस्थान थला परेको छ । साल्ट ट्रेडिङको हालत पनि उस्तै छ । एउटा बाँकी रहेको नेपाल टेलिकम जेनतेन चलिरहेको अवस्थामा त्यो नाफामुखी बन्न सकेको छैन । उकासिन नसकेको नेपाल टेलिकमलाई तत्कालीन कार्यकारी निर्देशन सुगतरत्न कंसाकारले नाफामुखी बनाएका थिए । तर, कंसाकारलाई विभिन्न सरकारको पालामा पार्टीको कार्यकर्ता भनेर राजनीतिक दलले खेदो खनेको थिए । कंसाकार खान र खुवाउन माहिर मानिन्थे ।

टेलिकममा राजनीतिक हस्तक्षेप भएपछि विभिन्न राजनीतिक दलको कारण टेलिकम धरासायी बन्दै गयो र राजनीतिक चलखेल बन्दै गयो । विभिन्न कार्यकारी निर्देशन फेरिए र फेरिदै आएका छन् । यस्तै तत्कालीन कार्यकारी निर्देशक कामीनी राजभण्डारीले ६ अर्बको फाइबर बिछ्याउने काममा १८ अर्ब भ्रष्टचार काण्ड लागे त्यसपछि डिल्ली अधिकारीले टेलिकम सम्हाल्न पुगे । डिल्ली अधिकारीले राम्रो काम गर्नको सट्टा उल्टै ठेक्का पट्टादेखि राजनीतिक आडमा गर्नु नगर्नु काम गरे । आफ्नो कार्यकाल पुरा गरेर त्यसपछि टेलिकममा एमडी हुनको लागि १ दर्जन भन्दा बढी कर्मचारीले कार्यकारी हुनको लागि योग्यता क्षमताको आधारमा टेलिकम कार्यकारी बन्न खोज्दा सबैलाई बाइपास गरी राजनीतिक दलले सुनिल पौडेललाई नियुक्त गरे ।

अहिले टेलिकम सुनसान अवस्थामा रहेको छ । खासै काम हुन सकेको छैन र टेलिकमले माखो मार्न सकेको छैन । टेलिकमका कर्मचारीले यसलाई दुहुनो गाई बनाएका छन् । कहिले के चर्चा, कहिले के चर्चा चल्दै आएको छ । अहिले टेलिकममा तारचोरी काण्डले पनि निकै चर्चा पायो । टेलिकम भित्र लाइन तथा ग्राहक सेवा निर्देशनालय छ । त्यहाँ कार्यरत कर्मचारी विच मतभेद छाएको छ । छाउनीमा तेजप्रसाद बस्याल कार्यरत रहेका छन् । छैटौं तहका अधिकृत ४ जना रहेका छन् । १ जना लोडर रहेका छन् । तर, गा्रहक सेवा निर्देशनालय छाउनीमा चोरको विगबिगी रहेको बताइन्छ । छाउनी निर्देशनालयबाट करौडको तार हराएको उजुरी कालीमाटी प्रहरी वृत्तमा उजुरी परेको छ । सो तार कसले चोरेर बेच्यो भन्ने प्रहरीले पत्ता लगाउन सकेका छैनन् । टेलिकमभित्र कर्मचारी मुखमुख गरी राखेका छन् । यसरी राज्यको यसरी चोरी हुँदा सम्बन्धित निकाय चुपचाप अवस्थामा बसेको छ ।

सरकारी संस्थानमा यसरी सामान दिनरात हराउँदा समेत सम्बन्धीत निकायले ध्यान दिँदैन भने सर्वसाधारणको सामान हराउँदा कसले ध्यान दिने हो । अहिले टेलिकम भित्र कहिले तार चोरीको घटना हुने गरेको छ, कहिले ब्याट्री । कहिले गुणस्तरहिन सामान सप्लाई गर्ने र गुणस्तरीय काम भएको समाचार आएको छैन । पहिला पहिला सिंहदरबारबाट सामान हराएको घटना समाचारमा आएका थिए । अहिले टेलिकमको सामान हराएको समाचार आउन थालेका छन् । टेलिकमभित्र कर्मचारी कर्मचारीबिच झगडा बढ्न थालेको छ । टेलिकमभित्र कर्मचारी युनियन धेरै रहेका छन् । एमाले संगठन, कांग्रेस संगठन, माओवादी संगठन, मधेसी संगठन देखि राप्रपा नेपाल समर्थन र स्वतन्त्रता समृद्ध जस्ता संगठन रहेका छन् ।

सो संगठनले टेलिकम भित्र माखो मारेका छैन । संगठनका कर्मचारीले काम गरेको छैन र खाली राजनीतिक दलभित्र एक आपसमा दोष लगाउने टेलिकम भित्र हल्ला गर्ने, समयमा कार्यालय नआउने, प्रायजसो कर्मचारी टेलिकमभित्र कुर्सिमा नबस्ने, दर्ता शाखा, विज्ञापन शाखा र लेखा शाखा भन्दा अन्यत्र कर्मचारी हुने गरेका छैनन् । टेलिकमलाई माथि उठाउने भन्दापनि टेलिकमबाट कसरी आम्दानी गर्न सकिन्छ आफ्नो स्वार्थ पुर्ण हुन्छ भन्दै कर्मचारीले मनपरी गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *