सरकार आफ्नै तालमा व्यापारीहरु कालाबजारी गर्दै

राजनीति समाचार

काठमाडौं । । चाडपर्व नजिकिँदै गर्दा व्यापारीहरुले सामान अभाव देखाएर अधिकांश उपभोग्य वस्तुमा कालो बजारी गरिराखेका छन् । अहिले तीजसँगै दशैंको मुखमा आएर सर्वसाधारण जनताको भान्छामा नभइनहुने खानेतेल, जिरा, चिनी, गेडागुडी, चामल, तरकारी, फलपूmललगातका खाद्य वस्तुमा अत्याधिक मात्रामा मूल्य वृद्धि भइराखेको छ । तर, यसको नियमक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने मुकदर्शक भएर टुलुटुलु हेरिरहेको छ ।

वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्नुपर्ने अनुगमन गर्न सकेको छैन । वाणिज्य तथा आपूर्ति मन्त्रालयका कर्मचारीहरु यसबारेमा बेखबर जस्तै बनेका छन् । यसमा उपभोक्ता समितिले पनि अनुगमन गर्नुपर्ने ठाउँमा त्यो काम गर्न सकेको छैन । खाली विभिन्न ठूला व्यापारी र विचौलियासँग साँठगाँठ गरी उठाउने धन्दामा लागिपरेको देखिन्छ । वास्तवमा भन्नुपर्दा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता समितिको समन्वयमा बजार अनुगमन गरी सूल्य सुची टाँसिएको छ कि छैन भन्ने पत्ता लगाउनुपर्ने हो ।

त्यस बारेमा विभागले अहिलेसम्म कुनै कुनै चासो लिइएको छैन । विभागको यो कमजोरीले व्यापारीहरु मूल्य सुची नराखी आपूm खुसी मूल्य तोकी फलानो सामानको यति बढेको छ, उती बढेको छ भन्दै आमसर्वसाधारण जनतालाई झुक्याउने र ठग्ने गरेको अवस्था छ । उता सरकार भने आगामी मंसिर ४ मा हुँदै गरेको निर्वाचनलाई ध्यानमा राखेर आफ्नै पार्टीभित्रका नेता, कार्यकर्तालाई सिट बाँडफाडमै कुरा नमिलेपछि एकअर्कालाई आरोप्रत्यारोप लगाइरहेका छन् ।

वास्तविक रुपमा भन्नुपर्दा मन्त्री र सांसदहरुले भइरहेको कालाबजारीतिर ध्यान सकेका छैनन् । उल्टै तिनै कालाबजारी गर्ने बिचौली र व्यापारीको ढाकछोप गरेर चुनाव खर्च जुटाउनेतिर तल्लीन भएको देखिन्छ । यसतर्पm सम्बन्धित निकायको ध्यान नगएको भन्दै आम उपभोक्ता आक्रोशित बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *