गठबन्धनभित्र भागबन्डा मिलाउन मुस्किल, नेताहरु आ–आफ्नै अडानमा

राजनीति समाचार

काठमाडौं । पाँच दलीय गठबन्धन सरकारभित्र अहिलेसम्म आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको आमनिर्वाचनका लागि सिट बाँडफाडमा कुरा मिल्न सकेको छैन । संघमा प्रत्यक्षतर्पmको १६५ सिटमा भागबण्डा मिलाउन नसकेपछि गठबन्धनभित्रभित्र एकआपसमा मेतभेद सुरु भएको छ । उता माओवादी केन्द्रले ५० देखि ६० सिटको बार्गेनिङ गरिरहेको छ । त्यस्तै गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पनि ९० देखि यसको सिटको दावी गरिरहेको छ ।

यसले कांग्रेसभित्र पनि दुई खेमामा विभाजित भएर बार्गेनिङ चल्न थालेको छ । कांग्रेस पार्टीले भनेको सिट संख्या भागबन्डा लगाउँदा ७५ देखि ८० सम्म पाउने देखिन्छ । त्यसमा पनि शेखर कोइराला पक्षधरलाई भागबन्डा मिलाउनुपर्छ । संस्थापन पक्षभित्रै पनि सिट बाँडफाडलाई लिएर एकआपसमा मतभेद सुरु भएको छ । उता नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी बनेको पार्टीले पनि प्रत्यक्षतर्पm २३ देखि ३० सिटको हाराहारीमा दावी गरेको छ ।

त्यस्तै जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले पनि २० देखि २५ सिटको दावी गर्दै वार्गेनिङ गर्न थालेका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चा पार्टीले भने २ सिटको दावी गरिरहँदा भित्री रुपमा उसले पनि ३ देखि ५ सिटको अपेक्षा गरिराखेको छ । यस कारण पाँच दलीय गठबन्धनभित्र चुनावी सिटको भागबन्डा मिलाउन गठन भएको कार्यदलले पनि आफ्नो जिम्मेवारीबाट हात झिकेको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु एक ठाउँमा जम्मा भएर सिट बाँडफाड गर्न सकेका छैनन् ।

यसभित्रका सबै शीर्ष नेताहरु आ–आफ्नै अडानमा अडिइरहेको देखिन्छ । यसरी आमनिर्वाचन हुन लगभग साढे दुई महिना बाँकी रहँदा सरकारको नेतृत्व गरिरहेको पाँच दलीय गठबन्धन भने सिट बाँडफाडको किचलोमा अल्झिइरहेको छ । शीर्ष नेताहरुको निवासमा टिकट माग्ने नेता, कार्यकर्ताको भीड लाग्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *