राजनीतिक दलहरु एक्लै चनाव जित्ने अवस्था नदेखेपछि गठबन्धनको खोजीमा

राजनीति समाचार

काठमाडौं । आगामी आमनिर्वाचनलाई लिएर राजनीतिक दलहरु गठबन्धनको खोजीमा छन् । यस्तै पाँचदलीय गठबन्धनभित्र पनि आगामी निर्वाचनलाई ध्यानमा राखेर कसरी आफ्नो पक्षमा बहुमत पार्न सकिन्छ भन्दै विभिन्न राजनीतिक दलहरुसँग समन्वयकारी भूमिका खेल्न थालेका छन् । त्यसैगरी प्रतिपक्षी दल नेकपा एमालेले पनि एक्लै चुनाव लड्ने भने पनि भित्री रुपमा गठबन्धनको सहयोगी खोज्दै छ । एमालेको नीति र नियमले गर्दा पूर्णता नपाउँदा विभिन्न दलका शीर्ष नेताहरु ससंकित बनेका छन् ।

उता तराइवासी दलहरु पनि आगामी निर्वाचनमा कोसँग गठबन्धन गरेर जाने भनी भरपर्दो दलको खाजीमा छन् । मधेसी जनताको लागि भनेर मधेसी नेताहरुले विभिन्न चरणमा आन्दोलन गर्दै आए तापनि त्यहाँका सर्वसाधारण जनतालाई भँजायर आफूसत्तामा पुग्ने र सांसद, मन्त्री बन्ने होडवाजीमै केन्द्रित छन् । वास्तवमा भन्नुपर्दा मधेसी जनताको लागि केही गर्न सकेका छैनन् । अहिले मधेसी दलहरुपनि फुटेर टुक्राटुक्रा भएको छ । मधेसी नेताहरुले स्थानीय चुनावमा पराजित भएजस्तै आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा पनि पराजित हुने अवस्था देखिन्छ ।

लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले गठबन्धन सरकारमा सहभागी हुन खोजिरहे तापनि पटकपटकको भेटवार्तामा र चुनावी गठबन्धन सहभागी नगराए प्रतिपक्षी दल एमालेसँग चुनावी सहकार्य गरेर जाने मुड बनाएको देखिन्छ । किन कि बारम्बार ठूलो दल बनेका मधेसवादी नेताहरु सत्ता, पद र पैसाको लागि आफ्नै पार्टीभित्र भागबण्डा नमिल्दा अहिले तितरबितर भएका छन् । भने आगामी निर्वाचन लड्नका लागि सहयोग दलहरु खोज्दै हिँडेका छन् ।

यस्तै अन्य पार्टीमा पनि भागबन्डा नमिलेमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरु भोलिका दिनहरुमा पनि मधेसवादी दलहरु जस्तै टुत्रैmटुक्रा हुने अवस्था देखिन्छ । उता तत्कालीन राप्रपाका नेताहरु स्व.सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी, कमल थापालगायतका नेताहरुको द्वन्द्वले गर्दा पार्टीको कुन अवस्था छ भन्ने कसैलाई जानकारी छैन । त्यस्तै हालत भविष्यमा एमाले, कांग्रेस, माओवादीको भविष्य पनि भोलिका दिनमा त्यस्तै नहोला भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *