सेटिङ मिलाउँदै भिजिट भिजामा विदेश पठाउँदै

राजनीति समाचार

काठमाडौं । नेपालमा अधिकांश द्योगधन्दा बन्द भएपछि विगत लामो समयदेखि आमनेपाली रोजगारीको खोजीमा विदेसिन वाध्य छन् । नेपालमा राजनीतिक अवस्था र बेरोजगारीको अवस्थालाई लिएर अधिकांश नेपाली विदेसिएका हुन् । तर, कतिपय नेपाली विदेशमा अलपत्र परिरहँदा नेपाल सरकार भने मुकदर्शक जस्तै बन्ने गरेको छ । अहिले विश्वका विभिन्न मुलुकमा भिजिट भिजामा नेपालीहरु विदेसिने गरेका छन् ।

प्रायः नेपालका ७७ वटै जिल्ला र सात प्रदेशका अधिकांश क्षेत्रमा विचौलियाहरु सलबलाएका छन् । भिजिट भिजामा नेपाली युवायुवतीलाई आकर्षक प्रलोभन देखाएर मानव तस्करी गर्ने गरेको समाचार तामाकोशी सन्देशले विगत वर्षदेखि उठाउँदै आएको थियो । अहिलेपनि यस्तो समस्याहरु उठाउँदै आएको छ । र, अधिकांश मुलुकमा विद्यालयहरुले पासपोर्टभन्दा अन्य डकुमेन्ट आपैm बनाउने र यो सुविधासहितको डिमान्ड आएको छ भन्दै नेपाली युवायुवतीलाई झुक्याउने, ठग्ने गरेको पाइन्छ ।

अध्यागमन कर्मचारी, नेपाल प्रहरी, मेनपावर सञ्चालक, वैदेशिक रोजगार विभागका कर्मचारी, विभन्न तालिम तथा कन्सल्टेन्सीका सञ्चाकल तथा एजेन्टको मिलेमतोमा सेटिङ मिलाउने काम गरिन्छ । त्यस्तो सेटिङ फेल भएमा भारतीय बाटो हुँदै कुवेत पु¥याउने र अफगान्तिान, इराक, इरान, दुबई, कतार, मलेसिया जस्ता गाडी मुलुकहरुमा पठाउने गरेको समाचार स्रोतको दावी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *