जिल्ला प्रशासन कार्यालयदेखि अन्य कार्यालयमा बिचौलिया र कर्मचारीको सेटिङ

समाचार

काठमाडौं । सरकारले सुशासनसहित जनताको काम छिटो, छरितो र निष्पक्ष ढंगले गरिने भनेर सरकारी कार्यालयमा वडापत्रको बोर्ड राखिएको छ । वडापत्रमा सुशासन गर्ने र सेवाग्राहीको काम छिटोछरितो ढंगले गर्ने भनिए तापनि वास्तवमा सेवाग्राहीले सो अनुसारको लाभ भने पाएका छैनन् । सर्वसाधारण जनताले छिटोछरितो सेवा लिनको लागि बिचौलिया प्रयोग गर्नुपरेको छ । सेवाग्राहीले बिचौलिया प्रयोग नगरी सेवा लिन गरिएको सूचनामा समेत ध्यान दिइएको छैन । वडापत्रमा उल्लेख गरिएको सूचना एकातिर छ, काम भने बिचौलिया र कर्मचारी मिलेर अलमल्याउने गरेका छन् । अहिले जिल्ला प्रशासन कार्यालयका कर्मचारीले बजार मूल्यलाई ध्यान दिएर कर्मचारी र बिचौलिया मिलेर सेवाग्राहीसँग मोटो रकम असुलिइरहेको बताइन्छ । जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता, नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउनेदेखि चोरी, गठी, पाकेटमार, ज्यान मुद्दा जस्ता विषयमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी र बिचौलिया, सरकारी वकिल, प्रहरीले समेत सरकारी वकिलको कार्यालयमा मिलेमतो गरी पीडितलाई झन् पीडित बनाउने गरेको एक पीडितले नाम नबताउने सर्तमा भने । उनका अनुसार त्यसमा संलग्न हुने सरकारी वकिलदेखि प्रहरीको समेत मिलेमतो हुने गरेको बनाउँछन् । यसरी पल्किएका कर्मचारीहरु पैसाबिना कुनै काम गर्दैनन् ।
कतिपय कर्मचारी र बिचौलियाको साँठगाँठ भएपछि अफिसमा कर्मचारी बस्ने गरेका छैनन् । यसरी सरकारी अफिसहरुमा सेवाग्राहीले काम गर्न खोज्दा दिनभरि कर्मचारीको खोजी गर्दा पनि नभेटिने भएपछि वाध्य भएर विचौलियाको सरणमा पुग्ने गर्दछन् । यसरी बल्लतल्ल मिलाएर सेवाग्राहीले कर्मचारीलाई भेटिहालेपनि कर्मचारीले विभिन्न बहाना गरेर काम रोकिदिन्छन् । त्यहीं काम खर्चपानीको व्यवस्था मिलाएर विचौलियामार्पmत लिएर जाँदा गरिदिन्छन् । यसरी सरकारका हरेक निकायमा विचौलियाको बिगबिगी छ । विचौलियाको धेरै बिगबिगी रहेका ठाउँहरु यातायात कार्यालय, कम्पनी रजिष्टारको कार्यालय, मालपोत, नापी, वैदेशिक रोजगार विभाग, प्रहरी प्रभावदेखि प्रहरी कार्यालय जस्ता शक्तिकेन्द्रहरुमा बडी हुने गरेको बताइन्छ । बिचौलियाबिना गएका सेवाग्राहीहरुले कहिल्यै सेवा पाउने गरेका छैनन् । अहिले चाडवाडको समय भएकाले त्यसलाई मध्येनजर गरेर हुने काम नहुने र नहुने काम हुने गरिएको छ । कहिले कर्मचारी कुर्सीमा नबस्ने त कहिले मिटिङ कहिले बैंक, कहिले विदेश भ्रमण जस्ता समस्या देखाएर विचौलियाले बीचमा समन्वय नगरी कर्मचारीले कामै गर्दैनन् । जब बिचौलिया आएर सेवाग्राही र कर्मचारीबीच समन्वय गरी लेनदेनमा कुरा मिल्छ अनि मात्रै काम हुने गरेको पीडितको भनाइ छ । यस्ता कार्यालयहरुमा अनुगमन गरेको पाइँदैन । अनुगमन गरिहालेपनि खाली झारा टार्ने काम मात्रै हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *