नेताको चाकडीबाट पन्छिँदै कार्यकर्ता

समाचार

रामचन्द्र बस्नेत
सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्दैछ । राजनीतिक दलहरुलाई निर्वाचन लागिसकेको छ । कार्यकर्तादेखि नेतासमेत निर्वाचनमा मोमिइसकेका छन् । राजनीतिक पार्टीमा कार्यकर्ताहरु तानतान गर्न सुरु भइसकेको छ । अहिले विभिन्न पार्टीका नेताहरु एउटा पार्टीबाट अर्को पार्टीमा कार्यकर्ता प्रवेश गराउने लहर जस्तै चल्न थालेको छ । पार्टीभित्र भने संघ र प्रदेश सांसदको टिकट तानातानको अवस्था सिर्जना भएको छ । टिकट दावी गर्नेहरु यतिबेला पार्टीका शीर्ष नेताहरुलाई काम देखाउन अर्को पार्टीका मान्छेलाई आफूतिर आएको हल्ला गरिरहेका छन् ।
चुनावलाई लक्षित गरेर राजनीतिक पार्टीका नेताहरु कसरी आफ्नो पार्टीलाई बलियो बनाउने भनेर लागिपरेका छन् ।

यतिबेला एक पार्टीले अर्को पार्टीलाई आरोप प्रत्यारोप लगाइरहेका छन् । त्यसमा कसरी आफ्नो पार्टी ठूलो बनाउने र सरकार बनाउने खेलोफड्कोमा पनि त्यत्तिकै लागेका छन् । त्यसैगरी राजनीतिक पार्टीका कार्यकर्ता पनि आफ्नोका नेतालाई जिताउन संगठन बनाउने काममा अग्रसर भएको देखिन्छ । त्यसको लागि साइनोनाता, साथीभाइ, इस्टमित्र, कर्मचारी र प्रशासनसमेतमा सेटिङ मिलाउनका लागि लागिपरेका छन् । त्यसको लागि पैसा, पावरका भरमा आफ्नो जिल्लामा जनता उतार्ने काम पनि भइरहेको छ । त्यसको लागि जिल्लामा कार्यकर्ताहरु गाडी भाडादेखि खाना खर्च उठाउन तल्लीन भएका छन् । त्यसको लागि कार्यकर्तालाई गाडीभाडा, खाना खर्च र देनिक भत्ताकोसमेत व्यवस्था मिलाउन थालेका छन् । निर्वाचनमा यसरी मरिहत्ते गरेपनि निर्वाचन जितिसकेपछि भने ती नेताहरुले जनतालाई चिन्दैनन् ।

राजनीतिक दलका नेताहरु निर्वाचन जितिसकेपछि आफ्नो गाउँमा कसरी विकास गर्नसकिन्छ, योजना के के हुन् । विकासको अवधारणा के बनाउन सकिन्छ । जनताले खोजेको विकास के के हुन् भन्नेतिर भन्दा पनि कसरी निर्वाचन खर्च उठाउन सकिन्छ भन्नेतिर नेताको ध्यान जान्छ । नेताहरुको ध्यान खाली कसरी कमाउन सकिन्छ । कसरी आफ्ना साला, साली, भाइभतिजा, छोराछोरी, बुहारी, ज्वाइ, भिनाजुलगायतका तानावाद कृपावादतिर केन्द्रित भएको देखिन्छ । तर, नेपाली जनता भने भोक र रोगले छटपटाइरहेका छन् । जनताले काम नपाएर विदेसिनुपरेको छ । त्यसमा पनि आफ्नो भएको जग्गाजमिन बन्दक राखेर विचौलियाको इसारामा विदेसिनु परेको छ । यसमा नेपालीले नेपालीलाई नै ठगेका छन् ।

नेताले कार्यकर्तालाई दास बनाएका छन् । कार्यकर्ताले जनतालाई दास बनाएका छन् । पार्टीले कालाबजारीलाई साथ दिएका छन् । मूल्य बढाउका छन्, राजनीतिक पार्टीका नेता, सांसद, मन्त्री भएका छन् । तलब, भत्ता खाएका छन् । विभिन्न किसिमका चिल्ला भाषण गरेर जनतालाई झुक्याएका छन् । अहिले राजनीतिक पार्टीले जे गरेपनि भएको छ । नियम कानुनको कसैले पालना गर्दैनन् । कानुन लाग्ने भनेको सर्वसाधारण जनतालाई हो । यहाँ जनताले खानसमेत पाएका छैनन् ।

जुन व्यक्तिले शिक्षा, स्वास्थ्य र गाँस, बासको व्यवस्था गर्न सकेको छैन । जुन व्यक्तिको सोर्स, फोर्स छैन, सम्बन्धित ठाउँमा आफ्ना मान्छे छैनन् त्यस्ता वर्गको कुनै सुनुवाइ छैन र काम गरेर पनि खान पाउँदैन । जुन व्यक्तिको विभिन्न ठाउँमा सोर्स, फोर्स छ उसले सजिलै जागिर पनि पाउँछ, न्यायनिसाफ पनि पाउँछ । जसले राम्रो शिक्षा हासिल गर्न पाउँछ, उसले राम्रो ठाउँमा जागिर पाउँछ । अनि उसको आर्थिक उन्नती हुन्छ । तर, राजनीतिक दलका कारण अधिकांश कार्यकर्ताले राजनीति पार्टीमा लगेर आधा उमेर विताएका छन् अब फेरि पार्टीमा लाग्दा नत पैसा कमाउन सक्छन् । नत नेताले यस्ता व्यक्तिलाई खोजी गर्दछ नत रोजगारी दिन्छ ।

अनि त्यो व्यक्ति नेपालबाट विदेश पलायन हुन्छ । जसका रकाण कालन्तरमा उसले घरपरिवारबाट बिमुखसमेत हुनुपरेको छ । राजनीतिमा फस्टेसन आउँछ । त्यसपछि उनीहरुले राजनीति मन पराउँदैनन् । तर, आपूmले बनाएको संगठन आपूmले दिएको योगदान र पैसाको खर्च र राजनीतिक संगठनको गतिविधिको याद चाहीं आइरहन्छ । र, उसले पार्टीमा इमान्दारीपूर्वक काम गरेको हुन्छ । त्यसले ठाउँ पाउँदैन । जसले पार्टीमा इमान्दारपूर्वक काम गरेको हुँदैन, संगठन चलायमान बनाएरको हुँदैन । त्यस्ता व्यक्तिले पार्टीमा ढलीमली गरेका हुन्छन् ।

अहिले पार्टी कार्यकर्ताहरुमा कामभन्दा बढी हल्ला गर्ने बानी बसेको छ । अहिले कार्यकर्ता जनताको, जेष्ठ नागरिकको काम मात्रै गरेर पार्टीको इमान्दार काम गरेको हुँदैन । इमान्दार कार्यकर्ता हुनलाई नेताको वरिपरी घुम्नुपर्छ । चाहिनेनचाहिने कुरा गरेर नेतालाई उचाल्नुपर्छ । एकअर्काको कुरा काटेर चम्चागिरी गर्नुपर्छ । जनताको काम मात्रै गर्ने कार्यकर्ता नेताको लागि पच्ने हुँदैन । अहिले संघ, संगठनदेखि विभिन्न भ्रातृ संगठनमा लागेका कार्यकर्ताको उदाहरण लिन सकिन्छ जुन कार्यकर्ताले नेताको चाकडी गर्छ । जसले पैसा खर्च गर्दछ, जसले नेताको कुरा लगाउँछ, जसले पार्टीको काम गर्दैन बढी गफ चुट्छ । जसले संगठनमा काम गर्दैन । त्यस्ता व्यक्ति संगठनमा पटकपटक दोहो¥याएर संगठनमा बस्ने अवसर पाउँछन् । जसले पार्टी र संगठनको लागि मरिमेटेर काम गरेको हुन्छ त्यो व्यक्ति संगठनबाट आउट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *