गुप्तचरमा बढुवा हुन् पैसाको चलखेल

राजनीति समाचार

काठमाडौं । गुप्तचरमा थैली बुझाएर ठूलो पदमा पुग्ने प्रतिस्पर्धा चलेको छ । नेपाली कांग्रेसको पार्टीकार्यालयको सूचना चोेरेर बुझाउने भूमि पाठक होस् वा रामचन्द्र पौडेलनिकट पम्पु पौडेल किन नहुन् एसपीबाट एसएसपीमा पुग्न सत्ताको च्याँखे दाउ थापेर जोड्दैछन् । भूमि भ्रष्ट शिरोमणि गोविन्दराजका साला पप्पु पौडेल र रामचन्द्र पौडेल दुवै तनहुँबासी गाउँले हुन् । पप्पुलाई सुरक्षा परिषद्मा राखेर आफु ललितपुर, पोखरा, काठमाडौं हुँदै कन्ट्रोलमा पुगेका भूमि पाठकलाई अब भने खतरा बन्ने अवस्था छ । किनकि पप्पु पौडेललाई रामचन्द्रले सहयोग गर्ने भएका छन् । कांग्रेस पार्टी छाडेर तनहुँमा एमालेसँग जोडिन गएका जोशीको भनाई कसले खाने ?

पैसा चढाएर भएपनि जागिर बचाउन लागिपरेका सुनिल ढकाल, हरिहर पौडेल बिदा भए । गुप्तचर विभागमा अनुसन्धान निर्देशक हुतराज थापा वरिष्ठ हुन् । ओम जोशी सुदूरपश्चिमका हुन् । देउवा सरकारको लागि क्षमताभन्दा सुदूरपश्चिम जिल्लालाई प्राथमिकतामा राखेर सरकार बद्नाम बनेको हेक्का कति छ ? सशस्त्रमा दिपेन्द्र सिंह कुँवर काण्डले उग्र रुप लिएको छ । सशस्त्रमा भानु देउवाका ज्वाईंलाई ठुलो बनाउन खोज्दा सशस्त्रको इतिहास कालो भएको छ । सोमबारबाट अनुसन्धान विभागको निर्देशक (डीआईजी)द्वय सुनिल ढकाल र हरिहर पौडेल अवकाश पाएका छन् ।

उनीहरुको अवकाशसँगै कुलदेव थापा, हुतराज थापा, ओम जोशी सम्मका पद खाली भएका छन् । गुप्तचर जस्तो संस्थामा पाँच डीआईजी खाली हुनु भनेको सरकारको असफलता भउको मान्नुपर्दछ । डीआईजी पदमा पूग्न पैसा बोकेर एसएसपीहरु, अनुसन्धान निर्देशक रामप्रसाद दास, इन्द्र लामा, झम बुढाथोकी, किशोर श्रेष्ठ, ब्रजेश हमाल, माधत तिमल्सिनाहरु दौडेका छन् । भदौ २० गते चिफ यदु खरेल घर गएपछि गुप्तचरले वरिष्ठताको आधारमा हुतरामलाई प्रमुख बनाउने खेल छ । थापाले ३ वर्ष खाएपछि जोशी डेढ वर्ष प्रमुख हुनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *