ठुला पार्टीका नेतालाई पदकै चिन्ता

राजनीति समाचार

काठमाडौं । एमाले बाहेक अरु पार्टी वामपन्थी होइनन् भन्न सक्ने एमाले अध्यक्ष केपी ओलीका झुट, कल्पना र योजनाको पछाडि सबै लाग्दैनन् । यस्तै लाइनमा प्रचण्ड पनि पुगेका छन् । एमाले भित्र ओलीको झुटको प्रतिवाद गर्दा घनश्याम भुसाल भीम रावलले पार्टीमा स्थान पाएनन् । माओवादी भित्र प्रचण्डको विरोध गर्ने ठाउँ पाएका छन् ।

अहिले वामपन्थी सिद्धान्त र विचार होइन, ओलीको जयजयकार गर्ने र प्रचण्डको जयजयकार गर्ने भएका छन् । ठाउँ पाएपछि एमालेका नेताले खुलम खुला अर्ब खाएको हो, कसैको निजी सम्पत्ति खाएको हौन भन्ने आँट पनि देखाएकै छन् । भ्रष्टाचारको नीतिगत फर्मुला चलाएको एमालेले जस्तै माओवादीले पनि चलाएको छ । एमाले नेता ईश्वर पोखरेललाई अगाडि सारेर बतास, ओम्नी, थामसेक समूहसँग सम्बन्धमा फसाएका थिए । यिनै पोखरेलले चलाएको भ्रष्टाचारमा माफियाकरण जाग्दो छ ।

प्रधानमन्त्रीको उम्मेद्वार बन्ने गरी चुनावी अभियान चलाएका एमाले नेता ओली ४१ महिनासम्म देशमा शासन चलाउँदा महंगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, माफियाकरणको अन्त्य गरेनन् । नीतिगत भ्रष्टाचार चलिरहेको छ । यस्तै माओवादी नेता प्रचण्ड, शेरबहादुर देउवाले यस्तै भ्रष्टाचार गरिराखेका छन् । प्रधानन्त्रीको उम्मेद्वार भन्दा जनताले पत्याउँछ ? एमालेले उम्मेद्वार दोहो¥याउन नदिने भन्दैछ । यसको असर ईश्वर पोखरेल, शंकर पोखरेल, कृष्णगोपाल श्रेष्ठमा पर्नेछ । कांग्रेसमा यस्ता धेरै छैनन् । माओवादीमा प्रचण्ड, बाबुराम भट्टराई, देव गुरुङ, देवेन्द्र पौडेल, वर्षमान पुनः, कृष्णध्वज खड्का, लिलामणि पोखरेल, शक्ति बस्नेत पर्छन । पार्टीमा श्रीमान श्रीमती मौकाको फाइदा तिनैले लिन्छन्, लिएका पनि छन् ।

अहिले चुनावको माहोल बनाउन एमालेले कसैलाई पनि दोहोरो मौका नदिने निर्देशन दिएको छ । एमालेको चुनावी अभियान वडा तथा गाउँ तहसम्म माहौल बनाउने घोषणा गरेको छ । चुनावको लागि वामपन्थ बिचमा एकता सम्भव भएन । ओली र प्रचण्डकै कारण कम्युनिष्ट सरकार गुम्यो । पार्टीको बहुमत गुम्यो, पार्टी तीन टुक्रा भयो । तर पनि केपी ओलीको लागि प्रधानमन्त्री पदकै इच्छा पुरा भएको छैन । ओलीले ४१ महिनामा देशको समृद्धि र विकास कति गरे जनतालाई कति राहत दिए ? त्यसको नालीबेली घोषणापत्रमा ल्याउने आँट कति गर्छ एमालेले ?
ठूला भनाउँदा नेता सबैलाई पदको चिन्ता छ । अझै पनि प्रमकै दाबी गदैैछन्, ओली त के कम ? प्रचण्ड र शेरबहादुरले समेत दाबी गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *