ananta gurung

दलहरुको पापको घैंटा भरिएर फुट्दै

राजनीति लेख

नेपालका राजनीतिक दलहरुले अहिले सम्म दोहोरो धोकाधाडी गर्दै आएकाछन । दलहरुले राजतन्त्रको बिरुद्ध नेपाली जनताको मनमा धेरै भ्रम फैलाउने काम बिगतमा गरेका थिए । राज परिवारले स्वीटजरलैंडको बैंकमा पैसा राखेको दुष्प्रचार गरेका थिए । स्वर्गिय राजा वीरेन्द्र र उहाँको सकल परिवारलाई मारेको आरोप पनि दलहरुले वर्तमान राजा ज्ञानेन्द्र तिर नै औंला देखाएका थिए । व्यापारी राजा, मूर्ती चोर राजा आदि इत्यादिको प्रत्येक्ष परोक्ष आरोप दलहरुले नै नेपाली जनतालाई भ्रमित बनाउन राजा ज्ञानेन्द्र बिरुद्ध लगाएका हुन ।

तर अहिले आएर त्यो सबै आरोपहरु झुटा ठहरिएका छन् । दलहरुले आफैले राजा र राजपरिवार बिरुद्ध लगाएको कुनै पनि आरोपलाई पुष्टी गर्न सकेनन् । नेपाली जनता बल्ल ३६ बर्ष पछाडि आएर सत्य बोध भयो र दलहरु झुटा हुन र बिदेशीलाई पोष्णे उद्देश्यले आफ्नै राष्ट्र नेपाल र नेपाली जनताको बिरुद्ध हुने गरी खलनायकको भूमिका निर्बाह गर्दै आएकाछन । अहिले आएर के कुरा उदाङ्गो भएको छ भने दलहरु सबै कुनै न कुनै बिदेशी मुलुकको दलाल हुन र तिनै बिदेशीहरुको दलाल प्रतिनिधिको रुपमा नेपालको शासन व्यावस्था चलाईरहेका छन ।

दलहरुले एकले अर्कालाई नवसंसोधनवादी भएको र बिदेशी मुलुकको दलाल बनेर नेपालमा राजनीति गर्दे बसेको जस्तो गम्भिर आरोपहरु लगाउने गरेकाछन । हुन पनि राजनीतिक दलका शीर्ष नेताहरुको बोली, राजनीतिक अभ्यास र व्यवहारलाई हेर्दा उहाँहरु नेपाली कम र बिदेशीको प्रतिनिधि ज्यादा भएको देखिने गरेका छन । एक त दलका साना ठुला र शीर्ष नेताहरु सबै नै कुनै न कुनै बिदेशी मुलुकका दलाल भएको महसुस नेपाली जनतालाई हुन्छ भने अर्को तर्फ दलका महत्वपूर्ण नीतिहरु पनि बिदेशीलाई खुसी पार्ने गरी लागु गरेको पाईन्छ ।

भन्नको लागि त माओवादी र एमालेहरु कम्युनिष्ट पार्टी हुन भनिन्छ तर यो दुबै दलहरुले नेपाली काँग्रेसको अमेरिका लगायत पश्चिमी मुलुकहरुलाई खुसी पार्न नेपालमा लागु गरेको नवउदारवादी स्वतन्त्र बजार अर्ततन्त्रलाई जस्ताको तस्तै अपनाउँदै आएकाछन । उक्त दुई कम्युनिष्ट नामधारी दलहरुले साम्यवादी अर्थतन्त्रको त कुरै नगरौ समाजवादी अर्थतन्त्रको लागि पनि पहलकदमी गर्न सकेनन् । स्वर्गिय प्रधानमंत्री मनमोहन अधिकारीको नेतृत्वमा एमालेको नौमहिने अल्पमतको सरकार बनेको बेलामा नेपाली जनतालाई सामाजिक न्याय दिने खालका दुई आर्थिक नीतिहरु आएका थिए ।

उक्त आर्थिक नीतिहरु बृद्ध भत्ता र आफ्नो गाउँ आफै बनाउ नै हुन जसले नेपालको कर्मकाण्डी बजेटलाई उत्साहित र उपयोगी बनाउन सफल भएको थियो । आज सम्म पनि त्यहि नीतिको प्रभावले एमाले जस्ता प्रतिक्रियवादी सिउडो कम्युनिष्ट दलले पनि नेपालमा आफ्नो राजनीति पहुँचलाई फैलाउन सकीरहेकोछ । नेकपा माओवादीले सत्ता भित्र र सात्ता बहिर जता बस्दा पनि कुनै तीर मार्ने काम गरी देखाउन सकीरहेको छैन । अब आएर त उक्त दलको लागि आफ्नो अस्तित्व जोगाउन कै लागि पनि हम्मे परी नै रहेको छ ।

नेपाली जनताको सामु आफु कम्युनिष्ट दल भएको पुष्टी गरी देखाउन सम्म पनि सकिरहेको छैन । नेपालका कम्युनिष्ट दलहरुको कुरा मात्रै धेरै ठुलो तर व्यवहारमा पुँजीवादीहरुको पाउमा लम्पसार पर्दै जाने भएकाले नेपालको कम्युनिष्ट आन्दोलनलाई नै धेरै कमजोर बनाउँदै लगेकाछन । काम गराई र नीतिहरु अनुसार हेर्दा केलाउँदा तीन ठुला राजनीतिक दलहरुका बिच ठुलो अन्तर छैन । नामले कम्युनिष्ट काँग्रेस जेसुकै भएपनि कामले तीनवटै ठुला दलहरूलाई राजनीतिक दल भन्न सुहाएको छैन ।

लिखितममा राजनीतिक दल भएको देखिए पनि काम अनुसार तीनवटै दलहरु लुटेरा डाका भन्दा कम छैनन् । लाज गालको डरै नमानी भ्रष्टाचार र आर्थिक अपराध खुला रुपमा नै गर्दै आएको हुँदा नेपाली जनताले पनि तीन ठुला दलहरुलाई कुनै राजनीतिक दल नमानेर लुटेरा डाकुहरुको झुण्ड झै मान्न थालेकाछन । नेकपा एमालेका शीर्ष नेता प्रधानमन्त्री ओलीले त त्यो बेला हदै पार गर्यो जुनबेला उहाँले सार्वजनिक कार्यक्रम नै गरी एक आरोपित व्यापारी सित अर्बौं दान भनी घुस लिएर नेपाली जनतालाई चुनौती प्रस्तुत गरी दिए । यस्ता लाजै नमान्ने नकचरो दलका शीर्ष नेताहरुले गर्दा नेपालको राजनीति पनि व्यापार र व्यवसायको रुपमा उदाङ्गिएको छ । दलका साना ठुला नेताहरु देखि लिएर शीर्ष नेताहरु सम्म नै पैसामा बिकाउ छन र त्यसैको लाभ उठाएर व्यापारीहरु र व्यवसायीहरुले सरकारी कर छल्ने र सरकारी कर नै कम निर्धारण गराएर नाफा कमाउने जस्ता प्रवृत्तिले महत्व पाइरहेको छ ।

व्यापारीहरु र व्यवसायीहरुले राजनीतिक दलका साना ठुला र शीर्ष नेताहरुलाई समेत गैरकानुनी आर्थिक लाभको लोभमा पारी बाँकी बक्यौता र भ्याट सम्म मिनाहा गराउने वा अटेर गरी बस्ने र नतिर्ने प्रचलन नेपालमा चलाएकाछन । नेपालमा लगानी गर्ने बिदेशी लगानी कर्ता संस्थाहरुले पनि दलका शीर्ष नेताहरु सित गाढा संबन्ध बढाएर लाभ कर छल्ने वा कमतिर्ने सम्म गैरकानुनी कामहरु गरेको पुष्टी भएकाछन । एनसेलले सरकारी कर भ्याट छल्नुको साथै शेयरको बेचबिखन गर्दा लाग्ने लाभ कर समेत नतिरेको र त्यस्तो गैरकानुनी कामको संरक्षण गर्ने त्यस्तो काम गर्नको लागि उक्साउने हात दलका शीर्ष नेताहरु कै भएको बिगतमा सार्वजनिक भएका भ्रष्टाचारका काण्डहरुबाट प्रमाणित भएकाछन ।

एमाले शीर्ष नेता प्रधानमंत्री ओलीले लगानी गरेको भनिएको कम्बोडियाली टेलीकम काण्डको जड पनि एनसेल सित बिगतमा जोडिएका एक्जियटा नामको मलेशियाली कंपनी भएको कुरा खुलीसकेको छ । सिंगापुरमा आफ्नो कार्यालय खोली बसेका दलाल सतिसलाल आचार्य नै यो सबै भ्रष्टाचार काण्डहरुको संयोजक भएको कुरा नेपालको राजनीतिक दलका महारथीहरुको सिंहापुरको होस्ट सतिसलाल आचार्य नै रहेको जानकारीहरुबाट पनि पुष्टी भईरहेका छन । दलका शीर्ष नेताहरुले खाडी राष्ट्र दुवई र दक्षिण पूर्वी एशियाली राष्ट्र सिंहापुरलाई केन्द्रविन्दू बनाएर बिदेशीका दलालहरुबाट नेपालमा परियोजनाहरु दिलाईदिए वापत पाएका कमिसनहरु जम्मा गर्ने र त्यहिबाट अन्य मुलुकहरुको परियोजनाहरुमा लगानी गर्ने गराउने गर्दै आएका छन् ।

नयाँ वैश्चिक आर्थिक केन्द्रहरुको रुपमा दुवई र सिंहापुर बिकसित भएकोहुँदा उक्त मुलुकहरुमा भ्रष्टाचार गरी कमाएका पैसाहरु लगेर राख्ने र लगानी गर्न कर छुट भएको हुँदा नेपाल जस्तो भ्रष्ट मुलुकहरुका दलका नेताहरुले आर्जन गरेका गैरकानुनी कालोधनलाई सुरक्षित पारी लुकाउन र लगानी गर्नको लागि स्वीटजरलैंड सम्म पुग्नु नपर्ने भएकोछ । जी ७ संगठनका पश्चिमी शक्ति राष्ट्रहरुले नेपाललाई फाईनान्सियल एक्सन टास्क फोर्स (ँब्त्ँ) को खैरो सूचिमा राख्नुको मुख्य कारण पनि यहि नै हो । उक्त संस्थाले नेपाल राष्ट्रमा आतंककारीहरुले कालोधन घरजग्गाको कारोवार देखि लिएर सहकारी, मिटरव्याजी, वित्त कंपनी, लघुवित्त बैंक, निजी बैंक, निजी अस्पताल, निजी स्कुल, निजी कलेज र निजी विश्वविद्यालयहरु, हाईड्रोपावर आदिमा शेयर लगानी गरेको पाएका छन् । नेपाल राष्ट्रले यस्तो कालोधनको उपयोगलाई २ बर्ष भित्र नियन्त्रण गर्न नसकेको खण्डमा नेपाल राष्ट्रलाई कालो सूचिमा राख्ने समेत चेतवनी दिइसकेका छन ।

नेपाल वायु सेवा निगमलाई हवाई सुरक्षा कमजोर भएको आरोप लगाएर युरोपियन युनियनले युरोपियन मुलुकहरुमा उडान भर्न नपाउने भनी लगाएको प्रतिबन्ध केही बर्ष देखि कायम नै छ र जसलाई हटाउन दलहरुले बनाएको नेपाल सरकारले कुनै ठोश कार्यबाही चलाउन सकिरहेको छैन । अमेरिका लगायत पश्चिमी मुलुकहरु आतंककारीहरुको लगानी संसारको कुनै पनि मुलुकमा रोक्नको लागि प्रतिबद्ध छन ।

नेपाललाई आतंककारीहरुले आफ्नो गैरकानुनी पैसा लगानी गर्न मुलुकको रुपमा बिकास गर्दै लगेपछि पश्चिमी मुलुकहरु नेपालका दलका नेताहरु प्रति सशंकित भएकाछन । अनुदान भने पछि जे पनि स्वीकार गरी हाल्ने दलका शीर्ष नेताहरुको आर्थिक नीतिले गर्दा नै बिदेशी लगानी कर्ताको भेषमा आतंककारीहरुले नेपालका दलका नेताहरुलाई सजिलै सित प्रभावित बनाउन सकेकाछन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु मार्फत पनि नेपालमा यस्तो गैरकानुनी लगानी परिचालित भइरहेको कुरा हालैको दिनमा अमेरिकाले चलाएको कार्यबाहीबाट पनि पुष्टी भएकाछन । नेपालमा दलका नेताहरुलाई घुस खुवाएर वाईडबडी हावाईजहाज बेच्ने एक अमेरिकी कंपनीलाई अमेरिकी अदालतले ५५ मिलियन डलर जरिवाना गरेको छ ।

साथै संसारभर अमेरिकी वर्चश्व फैलाउनको लागि स्थापना गरिएको भनिएको युएसएआईडी भन्ने गैरसरकारी संस्था र त्यसै सित जोडिएको जर्ज सोरोस फाउण्डेसनको लगानीलाई अमेरिकाले नै गैरकानुनी भन्दै रोक लगाइसकेको छ । यसरी दलहरु कै कारण नेपाल राष्ट्र एकपछि अर्को गर्दै अन्तर्राष्ट्रिय झमेलामा पर्दै जाँदा नेपाल राष्ट्रको अस्तित्व माथि नै शंकटको बादल छाउन थालेको महसुस नेपाली जनतालाई हुन थालेकोछ । दलहरुको शासनकालमा अकासिएको २६ खर्व राष्ट्रिय ऋणको भारीको साथै १२ खर्वको वेरुजु खर्चको फाँटवारीले नेपाली जनताको विवेकलाई झकझकाई सकेको छ ।

चलीरहेका सरकारी उद्योगहरु बन्द गर्दै लाने, नयाँ सरकारी गद्योगहरु नखोल्ने र लगानी नभएर बन्द भएका सरकारी उद्योगहरुमा थप सरकारी लगानी गरी चलाउने नीति दलहरु सित नभएको हुनाले नेपाल राष्ट्र पूर्णरुपले परनिर्भर राष्ट्र बनिसकेको छ । जसको कारण नेपाल राष्टको आम्दानी आयात माथि निर्भर हुन पुगेको छ र महंगी माथिको नेपाल सरकारको नियंत्रण गर्ने क्षमता गुमेको छ । फलस्वरुप नेपाली जनता महंगीको मारमा पर्नुको साथै नेपाल राष्ट्रमा आर्थिक शंकटको बादल घनीभूत हुँदै गएको अवस्था छ । नेपाल राष्ट्रलाई यस्तो दुरावस्थाबाट निकालेर राष्ट्रको अस्तित्व जोगाउन कै लागि नेपाली जनता यतिखेर राजा आउ देश बचाउ भन्दै राजातन्त्रको पक्षमा लाम लागेका छन् । नेपाल राष्ट्र र नेपाली जनतालाई लुटेर आफ्नो भुँडी भर्दै आएका दलका शीर्ष नेताहरुको पापको घैंटो भरिएर फुट्नै लागेको आभास नेपाली जनतालाई भईसकेको छ ।

त्यसैले नेपाली जनता भ्रष्ट दलहरु र तिनीहरुको मतियार सित युद्ध गर्न युद्ध मैदानमा राजाको नेतृत्वमा उत्री सकेकछन । नेपाली जनता पिठ फर्काएर युद्धको मैदानबाट कहिले नभाग्ने बरु प्राण नै दिने भएको हुनाले नै संसारले वीर गोर्खाली भनेर चिनेकाछन । त्यसकारण दलका भ्रष्ट नेताहरुलाई परास्त गरेरै नेपाली जनताले नेपाल राष्ट्रको अस्तित्व जोगाएरै छाड्ने छन भन्ने कुरामा सबै ढुक्क भए हुन्छ । नेपाली काँग्रेसको सहयोगमा बनेको ओली सरकार राष्ट्रको अवस्थालाई सुधार्ने भन्दा पनि बिगार्ने तिर उद्दत भएर लागेको छ । कुलमान र बालेन जस्ता इमान्दार र मेहनती नेपाल राष्ट्रको उन्नति प्रति समर्पित राष्ट्र सेवकहरुलाई अनेक तडना गरी पदबाट हटाउने खेल खेलिरहेका छन् ।

अपराधिक मनोवृत्ति भएका मारवाडी व्यापारीहरु र व्यवसायीहरुलाई बाँकी बक्यौता नतिर भन्दै उक्साई हिडेका छन् । नेपालमा नाम मात्रको उद्योग खोलेर गैरकानुनी धन्दा चलाईबसेका माडवाडी व्यापारीहरु र व्यवसायीहरुलाई नेपालको उद्योग विकासको जिम्मेवारी थोपर्न खोज्दैछन् । त्यस्तो राष्ट्रघाती कार्य पुरा भएमा नेपालको अस्तित्वलाई कसरी जोगाउने हो भन्ने बारे राष्ट्रवादी नेपाली जनताहरु गम्भिर नै बन्नुपर्ने बेला भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *