काठमाडौं । जुन मन्त्रालयमा पुग्यो सोही मन्त्रालय तथा निकायको पैसाबाट गीत निकालेर गीतकार तथा गायकका रुपमा समेत चिनिएका एरोनोटिकल इञ्जिनियर तथा सचिव सुरेश अचार्य फेरि विवादमा परेका छन् । खानेपानी मन्त्रालयमा हुँदा मुख्य सचिवसँग विदा समेत स्वीकृत नगराई दिल्ली पुगेर विवादमा तानिएका थिए । कुटनीतिक राहदानी दुरुपयोग गर्दै उनी त्यस समय दिल्ली पुगेका थिए । आचार्य आफ्नो कूटनीतिक राहदानी (००३०८६१ ) प्रयोग गर्दै २०२४ जनवरी १७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इन्डियाका लागि प्रस्थान गरेको तथा २०२४ जनवरी २२ मा विमानस्थलमा फर्किएका थिए ।
विदेश भ्रमणका लागि मन्त्रिपरिषदले स्वीकृति नदिएपछि सरकारलाई छलेर आचार्यले कूटनीतिक राहदानी दुरुपयोग गर्दै अन्तर्राष्ट्रिय सेमिनारमा सहभागिता भएर बदनामी कमाएका कर्मचारी हुन उनी । कुनै पनि कर्मचारीले सरकारी टोलीको नेतृत्व गर्दै विदेश भ्रमणमा जान मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्छ । मन्त्रीस्तरीय निर्णयको भरमा सहभागिता जनाउन मिल्दैन । कूटनीतिक राहदानी दुरूपयोग गरेको कसूरमा आचार्यलाई २ लाख रुपैयाँ देखि ५ लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षदेखि ३ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था भए पनि उनीमाथि कुनै कारवाही समेत भएन । शहरीमा हुँदा त्यहीको बजेटबाट गीति भिडियो निकाले ।
पुर्ननिर्माण प्राधिकरणमा हुँदा उनैले धुर्मुस सुन्तलीलाई म्यूजिक भिडियो बनाउन १० औं लाख रकम बाडे यिनै सचिव अहिले ऊर्जामन्त्री दीपक खड्कासँग जोडिएर विवादमा आएका हुन । नेपाल स्काउटको जग्गा भाडा प्रकरणमा मुछिएका सचिवलाई केही अघि मात्र राज्यमन्त्री कान्छाराम तमाङ्गले हकारेका थिए । आफूलाई इमानको सतिसाल भन्न पछि नपर्ने उनै सचिव पछिल्ला चरणमा मन्त्री र राज्यमन्त्रीहरुका हरेक गलत क्रियाकलापमा समेत साक्षी भन्दै गइरहेका छन् ।
लाचारी प्रकट गरिरहेको निजामती सेवाभित्रै प्रश्न उठ्न थालेको छ । जीवनको लामो कालखण्ड पर्यटन मन्त्रालयमा बिताएका उनी सचिव भए यता ८÷९ वटा मन्त्रालय र निकायमा घुमिसकेका छन् । उनै आचार्य अहिले मन्त्रीले विद्युत प्राधिकरणमा आफ्नो कार्यकक्ष निर्माण गर्नेदेखि लिएर १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा सहभागी कम्पनीलाई चेक बाँडेका थिए । सचिव आचार्यका पछिल्ला गतिविधिले मन्त्रीको हरेक गलत क्रियाकलापको साक्षी बनिरहेका हुन । गत असोज पहिलो साता खड्काले नै उर्जामा ल्याएका थिए गोपाल सिग्देललाई फालेर । सिग्देलले मन्त्रीका हरेक काममा साथ दिन नसकेपछि उनले अचार्यलाई भित्र्याएका हुन ।
जागिरे जीवनको ११ महिना अवधिमात्र बाँकी रहेका अचार्य यस्तै बदमासीका कारण फस्न सक्ने उर्जाकै कर्मचारीहरु टिप्पणी गर्दछन् । उसो त पछिल्लो समय खड्काले जगदुल्लाको ठेक्का सेटिङमा चेक बाँडेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ भने संसदीय समितिमा खड्कामाथि छानबिनको दबाब छ । पछिल्लो समय अख्तियार लागे पनि कर्मचारीमाथि मात्र लाग्दै आएको छ । अख्तियारले नेताहरुलाई चोख्याउदै आएको छ । मन्त्री खड्काको एस म्यान बनेका आचार्य जागिरे जीवनको उत्तरार्धका गतिविधिका कारण फस्ने सक्ने बताइँदैछ ।