तीनै तहको सरकारमा भ्रष्टाचारको शृंखला बढ्दै

राजनीति समाचार

काठमाडौं । दुईतिहाइ हाराहारीको सरकार भए तापनि देशमा सुशासन र विकास निर्माणको काम हुन सकेको छैन । स्थानीय तहमा व्यापक भ्रष्टाचार बढ्दै गएको छ । ठूला–ठूला ठेक्कामा लेखापाल, प्रमुख कार्यकारी अधिकृत र पालिका प्रमुखको मिलेमतोमा भ्रष्टाचार गर्ने अखडा बन्दै गएको छ । अन्य स–साना भुरेटाकुरे ठेक्कापट्टामा उपभोक्ता समिति, राजनीतिक दलका स्थानीय कार्यकर्ताहरु र कर्मचारीको मिलेमतो भ्रष्टाचार हुने गरेको छ ।

कतिपय कमिसन नआउने भुक्तानी गर्नुपर्दा महिनौं दिन झुलाउने र नगर प्रमुखले लगाएको तोकादेशसमेत नमानेर कार्यकारी अधिकृतले आफूखुसी घटाएर विलभन्दा कम भुक्तानी गर्दा कतिपय भ्याट विलमा सेवाग्राहीहरु मारमा पर्ने गरेका छन् । अधिकांश स्थानीय तहमा जनप्रतिनिधि र प्रमुख कार्यकारी अधिकृतबीच समन्वय नहुँदा सेवाग्राहीहरु मारमा पर्ने गरेका छन् ।

पालिका प्रमुख, उपप्रमुखले तोक लगाएको विलमा कार्यकारी अधिकृतले घटाएर तोक लगाउन त्यसपछि लेखापाल फेरि घटाएर भुक्तानी दिने खासगरी विज्ञापन र समस्यामा परेकालाई सहयोगको भुक्तानी जुन कमिसन नआउनेमा घटाउने त्यो पनि महिनौं झुलाएर मात्र दिने गरिन्छ । यसरी विलभन्दा कम भुक्तानी दिने कारणले सेवाग्राहीहरु बिआम्दानी भ्याट तिर्न वाध्य भएका छन् । तर, विचौलियामार्फत आउने ठूला–ठूला ठेक्कापट्टाको विलमा कमिसन आउने भएपछि रातारात भुक्तानी गरिन्छ ।

जनतालाई प्रत्यक्ष सेवाप्रवाह उपलब्ध गराउने घरदैलोको सरकार भनेर चिनिने स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीहरु दिनप्रदिन भ्रष्टाचारमा मुछिएर अख्तियरले मुद्दा दायर गर्ने गरेको छ । आर्थिक २०८०÷८१ को मुद्दाको अवस्था हेर्दा हालसम्म नगरपालिका मेयर १६ जना, उपमेयर नगरपालिका ११ जना, गाउँपालिका अध्यक्ष ७, उपाध्यक्ष गापा. ८ र वडा अध्यक्ष ४२ जनालाई अख्तियारले मुद्दा दायर गरेको छ । त्यसैगरी राष्ट्र सेवक कर्मचारीहरुतर्फ विशिष्ट श्रेणीदेखि कार्यालय सहयोगीसमेत गरी ५२० भन्दा बढीलाई भ्रष्टाचार मुद्दा लागेको छ ।

एमाले र कांग्रेस मिलेर बनेको दुईतिहाई हाराहारी बहुमतको स्थिर भनिएको सरकारले पनि यस्ता भ्रष्ट जनप्रतिनिधि र कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन भने विभिन्न स–साना दल मिलेर बनेको अस्थिर सरकारले झन् ती भ्रष्टचारीहरुलाई कसरी कारबाही गर्ने हैसियत राख्छ । विगत २०६५ सालयता एउटा पनि सरकार स्थिर बन्न सकेको थिएन ।

प्रायःजसो ६÷६ महिनामा सरकार फेरबदल भइरहँदा राजनीतिक दलका नेता, विचौलिया र कर्मचारीको मिलेमतोमा भ्रष्टाचारका शृंखाल बढ्दै गएका थिए । त्यसकै परिणाम स्वरुप मुलुक जताततै भ्रष्टाचारको दलदलमा फस्न पुगेको छ । कतै गैरकानूनी रुपमा सार्वजनिक जग्गा हडपिएको छ, कसैले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेका छन् त कसैले राजश्व छल्ने गरेका छन् यस्तो परम्पराले देश दिनप्रतिदिन धरासायी बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *