काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले स्पष्टीकरण बुझाएका छन् ।
नगर प्रहरी प्रमुख पाण्डेले सोमबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष स्पष्टीकरण बुझाएका हुन् । सात दिनभित्र स्पष्टीकरण पेस नगरे वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही हुने समेत उल्लेख गरेकोमा पाण्डेले आज स्पष्टीकरण बुझाएका हुन् ।