काठमाडौं । विश्व प्रसिद्ध सगरमाथा आरोही कामीरिता शेर्पा आफ्नो पुरानो रेकर्ड तोड्दै ३१औँ पटक उच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका छन् ।
सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले कामीरिताले आज बिहान ४ बजे ३१औँ पटक सगरमाथा आरोहणको नयाँ विश्व कीर्तिमान बनाएको जनाएका छन् ।
३१औँ पटक सगरमाथा आरोहण, इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहणको कीर्तिमानी ५५ वर्षीय कामीरिता शेर्पालाई ३१औँ पटकको सफल आरोहण गरेका छन् ।
कामीरिताले गत वर्ष ०८१ साल वैशाख ३० गते २९औँ र जेठ ९ गते ३०औँ पटक आरोहण गर्दै सगरमाथामा सबैभन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमान कायम गरेका थिए ।
उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहण गर्न गएका थिए । दुई सन्तान र पत्नीसहित काठमाडौँमा बस्दै आएका कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।