लौ पढ्नुस अल्फाबिटाको कहानी

समाचार

काठमाडौं । कोही कसरी रातारात रोडपतिबाट करोडपति बन्छ ? कि त उस्लाई उल्फाको धन पर्नुप¥र्यो वा त चिट्टा हात लाग्नुप¥र्यो । नेपालमा कोही व्यक्ति कसरी रोडबाट उठेर छोटो समयमा करोडपति बन्छ भन्ने एउटा तथ्य जान्न अल्फाबिटाका मालिकलाई हेरे पुग्छ ।
यो साता नेपाली राजनीति नै तरंगित गराएको एउटा घटना हो, काठमाडौंका मेयर बालेन शाहको डोजरले अल्फा बिटामा जोत्यो । जस्ले भक्तपुरका सम्राट महेश बस्नेतले चर्काे विरोध गरे । डोजरले अल्फा केयर भनेर राखिएको फार्मेसी उडाइदियो । त्यसो गर्दा त्यसका सञ्चालक द्धिराज शर्मा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)सँग केहीबेर बाझे । द्धिराज शर्मा अल्फा बिटाको साहु हुन उनका दाजु युवराज शर्मा हिमालयन ह्वाइट हाउस कलेजका सञ्चालक । केही बर्ष अघि ओलीको राज हुँदा औषधि खरिदमा समेत मुछिएका पात्र हुन युवराज । युवराजले शिक्षाको क्षेत्रमा लुट मच्चाउदै आएका छन् भने द्धिराजले कन्सलटेन्सीदेखि सिंहदरबारभित्रै खाजा खुवाउने नाममा लुट मच्चाउदै आएका छन् ।
को हुन त युवराज र द्धिराज ? नेपालको कम्युनिष्ट र झापा आन्दोलनलाई नजिकबाट चिन्ने जान्नेहरुका अनुसार युवराज र द्धिराजको पिता हुन शिवप्रसाद । तत्कालीन झापा किसान बिद्रोह शुरु भए पछि भागेर असाम पुगेका । श्रीसम्पत्ति छाडेर र सन्तान जोगाउन उनी भारत छिरेर झण्डै १७ बर्षपछि नेपाल फर्किएका थिए । खास थर शिवाकोटी भए पनि ज्यान जोगाउन शर्मा लेख्ने गरेको नेपालको झापा आन्दोलन र कम्युनिष्ट आन्दोलनलाई नजिकबाट चिने जानेकाहरु सुनाउँछन । जसरी अहिले नेपालको अधिकांश बैंक तथा वित्त कम्पनीहरु मारवाडीको कब्जामा छन् उसैगरी भारतको असामबाट काठमाडौं खाल्डोमा भित्रिएका हुन शिवप्रसादका छोराहरुले अहिले शिक्षा क्षेत्र कब्जा गरेका छन् । भारतको आसाममा ०२९ सालमा छिरेर ४६ सालमा उनी आसामबाट नेपाल फर्किएका उनीहरुसँग त्यतिबेला केही थिएन सम्पत्तिको नाममा । ती कम्युनिष्टका पूराना नेताका अनुसार भए भरको सम्पत्ति गुमाएर नेपाल फर्कदा उनका छोराहरुको साथमा केही थिएन । तिनैमध्येका युवराजले श्रीमतीको अर्को श्रीमान्बाट बुझेको अंशबाट व्यापारको प्रारम्भ गरेका हुन । जेठीले छोडेर गएपछि अहिले युवराज कान्छीसँग छन् । उल्फा आन्दोलनलाई सहयोग गरेकै कारण क्यानेडियन सरकार अन्तरगतको ट्रेड कमिसनर सर्भिसेज (टिसिएस)ले द्धिराज शर्मालाई ट्रेड एड्भाइजर नियुक्त गरेको थियो । अल्फा बिटाको आडमा उनीहरुले फ्रि तिब्बत मुभमेन्टलाई सहयोग गर्ने गरेको र त्यहीबाट अकुत रकम जोड्न सफल भएको जानकारहरु सुनाउँछन् । अहिले अल्फा विटाको साम्राज्य काठमाडौंमा पनि बद्धनगर,बौद्ध, लाजिम्पाटमा विस्तार गर्नुको पनि रहस्य पनि यही रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *