कामनपा मेयर बालेन शाहलाई चुनौती नै चुनौती

राजनीति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई यतिबेला चुनौतिका चाङ लागेका छन् । यतिबेला बसैतिर चर्चाको विषय बनेको छ काठमाडांै महानगर पालिका र धरान उपमहानगर पालिका । अन्य पालिकाहरुमा खासै चर्चा चलेको छैन । काठमाडौंमा भने तीनजना नगर प्रमुखहरुले अहिलेसम्म चर्चा पाएका छन् । त्यसमा तत्कालीन मेयर पीएल सिंहले काठमाडौं महानगरपालिकामा माखोसम्म मार्न सकेका थिएनन् । त्यसपछिका मेयर केशव स्थापितले केही गर्न खोजेका थिए तर काम भने पक्कै गर्न सकेनन् ।

त्यसपछि पूर्व मेयर विद्यासुन्दर शाक्यले कामभन्दा बढी बद्नाम नै कमाएर कार्यकाल पुरा गरे । हालका मेयर बालेन शाह भने खुब चर्चाको शिखरमा छन् । हुन त त्यो चर्चा न इन्जिनियर भएर हो अथवा स्वतन्त्र व्यक्ति भएर हो ? जे होस् अहिले चर्चामा छन् ।  किन कि नक्सापास नभएका घर, टहरा भत्काउने कामसँगै विभिन्न व्यापारिक घरानाहरुले काठमाडौं महानगरलाई कुरुप बनाउने गरी राखिएका होडिङ बोर्डदेखि डिजिटल बोर्डसम्म हटाउने काम थालेका छन् ।

व्यापारीहरुले लाखौ खर्चेर विभिन्न व्यक्तिका घरदेखि चोक, गल्लीहरुमा होडिङ बोर्ड र डिजिटल बोर्ड राखेर मदिरा, सूर्तिजन्य पदार्थदेखि खाद्य, अखाद्यलगायत आफ्ना विभिन्न उत्पादनहरुको विज्ञापनका लागि होर्डिङ र डिजिटल बोर्ड राख्दै आएका थिए । राज्यलाई करसमेत नतिरी त्यसरी जथाभावी होडिङ र डिजिटल बोर्ड राखिएकाले मेयर बालेन शाहको सक्रियतामा हटाइएको छ । यो कामले पनि उनको राम्रो चर्चा चलेको छ । यो चर्चाले कत्तिको सार्थकता पाउँछ त्यो भने हेर्न बाँकी छ । केयर शाहलाई विभिन्न राजनीतिक दलका नेतादेखि माफिया र तस्करहरुले कति सफल हुन दिन्छन् त्यो भविष्यले देखाउला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *