कांग्रेसमा इमान्दार नेतृत्वको खोजी, नेतृत्वका कारण कार्यकर्ता निराश

राजनीति समाचार

काठमाडौं । यतिबेला राजनीतिक दलहरु आ–आफ्नै तालमा लागेका छन् । नेपाली कांग्रेसमा प्रतिनिधि सभाको लागि प्रायजसो पुरानै नेता प्रतिनिधि सभाको प्रत्यक्षतर्पmको उम्मेदवार बन्न होडबाजी गरिरहेका छन् । पुराना र पाका नेताहरुको उम्मेदवारीसँगै कांग्रेसका युवा नेताहरु छाँयामा पर्ने देखिन्छ । पुरानै नेताहरुको हालिमुहालीले पार्टीमा योगदान गरेर अवसर नपाएका र युवा नेताहरुले टिकट पाउने सम्भावना न्यून रहेको छ ।

करिव २५ देखि ३० जना पुराना नेताहरुले प्रत्यक्ष टिकटको दावी गरेपछि नयाँ पुस्ता ओझेलमा पर्ने देखिएको हो । यसरी पुराना नेताले दावी गर्नुभनेको नयाँ पुस्तालाई पार्टीमा नेता हुनबाट बञ्चित गरेको देखिन्छ । र, कांग्रेसका कार्यकर्ताले नेतृत्व गर्ने नेताहरु कमजोर रहेको र पार्टीलाई अगाडि बढाउन नसक्ने आरोप लगान थालेका छन् । यसरी पुरानै खाइपाइ आएका नेताहरुले गर्दा अवसर नपाएका र नयाँ पुस्ता पार्टी विस्थापित हुँदै जाने देखिन्छ । यसरी नयाँ पुस्तालाई अवसर नदिएमा पार्टीभित्रै घातअन्तर्घात हुने सम्भावना बलियो भएको छ ।

नेपाली कांग्रेसभित्र टिकट बाडफाडमा देखिएको लफडाले गर्दा गठबन्धन सरकारभित्र पनि नेताहरुले विभिन्न घातअन्र्घात गरेर जाने प्रवल सम्भावनाहरु त्यत्तिकै छन् । त्यसकारण नेपाली कांग्रेसले सय सिटमा दावी गरेपनि जित्ने भनेको प्रत्यक्षतर्पm ४० देखि ४५ सिट हाराहारीमा टुगिंने देखिन्छ । त्यसैले वितरण गर्दा एकापसमा गम्भीर छलफल गरी जनमानसमा घुलमिल भएका पार्टीमा भ्रष्टाचार, विकृति, विसंगतिलगायत अन्य विषयमा दाग नलागेका स्वच्छ छविका नेतालाई टिकट दिएमा केही बढी जित्न सकिने आमकार्यकर्ताको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *