काठमाडौं । अधिकांश नेपाली बिरामी भएका छन् । ज्वरो आउने, रुघाखोका लाग्नेदेखि जिउ दुख्ने, टाउको दुख्ने कारणले अधिकांश नेपाली बिमारी परेका छन् । बजारमा प्यारासिटामोल पाउन छाडेको अवस्थामा विरामी मेडिकल, औषधि पसल र अस्पताल धाउने गरेका छन् । अस्पतालमा समेत प्यारासिटामोल पाउन सकिँदैन । तर, बिरामी चाहिँ ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने रोगले थला परेको अवस्थामा छ । खासगरी अधिकांश तराईका जिल्लादेखि पहाडी र हिमाली जिल्लाका नागरिकहरु यतिबेला रामी परेको अवस्था छ । काठमाडौं उपत्याकाभित्र शहरी क्षेत्रभित्रका भिडभाड हुने स्थान र बजार एरीयाका नागरिकहरु बिरामी परेको अवस्था छ ।
अहिले भृकुटीमण्डलभित्र बजारमा व्यापर गर्ने व्यापारी अधिकांश बिरामी परेका छन् । यस्तै तरकारी बजार टुकुचादेखि कालीमाटी, तिनकुने, लोकनथली, तरकारी बजार एरीयाभित्र पसल सञ्चालन गर्ने तरकारी ब्यापारीदेखि कपडा पसल, जुत्ता पसल सञ्चालन गर्ने र तरकारी व्यापारी एरीयाभित्र अधिकांश व्यापारी ज्वरोको प्रकोपले थलिएका छन् । बजारमा प्यारासिटामोल नपाएर ज्वरोका बिरामीको संख्या वात्तै बढेको छ । फार्मेसीले सिटामोल छैन भन्दै अन्य औषधि दिने गरेको आरोप बिरामीले लगाउन थालेका छन् । फार्मेसीले वितरण गरेको दवाई खायो झन् विरामी परियो भन्दै विरामीले गुनासो गरेका छन् । औषधि पसल संचालन गर्ने व्यक्तिले कस्तो खालको दबाई दिन्छ राम्रो दिन्छ कि नराम्रो अस्पताल गएर जचाउँ समय लाग्ने र भनेको बेलामा डाक्टर नआउँने समस्याले कतिपय नेपाली मेडिकल, फार्मेसीमा र औषधि पसल धाउने गरेका छन् ।
यसरी बिना डाक्टरको सल्लाह दवाई किन्ने तर त्यसले फाइदा होइन बेफाइदा हुने गरेको बिरामीको भनाइ छ । विरामीले फार्मेसीले दिएको दवाई डाक्टरलाई देखायो भने यो दवाइ नखानुस् यो खायो भने झन् विरामी भइन्छ भन्दै अन्य दवाई दिने गरेको छ । डाक्टर भन्छन्,‘ मेडिकलमा राखिएको दबाई सबै राम्रो हुन्छ भन्ने छैन’ भन्दै नखान सल्लाह दिएपनि अधिकांश विरामी मेडिकल फार्मेसीको भर पर्ने गरेका छन् । अहिले सातवटै प्रदेशमा बिरामी ज्वरो, रुघाखोकीले ग्रस्त भएका छन् । बजारमा प्यारासिटामोलको हाहाकार भएको छ । सरकारी अस्पतालमा बिचौलिया र डाक्टरको मिलेमतोमा बिरामीले उपचार पाएका छैनन् ।
सरकारी अस्पतालमा बेडाको अभाव देखाएर बिचौलियासित मिलेमतो गरेर प्राइभेट अस्पतालमा भर्ना गर्न लगाउने गरेका छन् । यसरी सरकारी अस्पतालहरुमा आउने बिरामलाई इमेर्जेन्सी र ओपीडीमा दिनभर उपचार गराउने अनि राति भएपछि बिरामीका आफन्तलाई तपार्इंको बिरामीलाई आइसियु चाहिन्छ । यहाँ त्यसको व्यवस्था छैन भन्दै निजी अस्पतालतिर पठाउने गरिन्छ । त्यसरी पठाउने निजी अस्पतालमा पनि ५, ७ वटा आइसियु बेड र केही अन्य बेड हुन्छन् । त्यहाँ उपचार विधि, पद्धति र उपकरणहरु खासै हुँदैनन् । अनि बिरामीका आफन्तलाई अन्य निजी अस्पतालमा विभिन्न चेकजाँचको लागि पठाउने गरिन्छ । अस्पतालले यसरी राति निजीमा पठाएका बिरामीको अवस्था के छ भनेर कुनै खोजी गर्दैनन् ।
रातिम त्यसर बेड र आइसियुको अभावमा पठाइएको भएपनि भोलिपल्ट त्यसरी निजीमा लगिएका बिरामीलाई हेरबिचार गर्नुपर्ने हुन्छ । तर, अघिल्लो दिन त्यसरी पठाइएका बिरामको थप उपचारको कुनै खोजी हुँदैन । यस्तो लापरबाही र अनियमितता कहिलेसम्म खप्नुपर्ने हो नेपालीले सम्बन्धित निकाय कानमा तल हालेर बसेको छ । यसको नियमक निकाय स्वास्थ मन्त्रालय र स्वास्थ मन्त्री चुपचाप बसेका छन् । स्वास्थमन्त्रीले अहिलेसम्म एकपटक पनि सरकारी अस्पतालको अवस्था के छ भनेर अनुगमन गरेका छैनन् ।
सर्वसाधारण बिरामीको ज्यानमाथ खेलवाड गरीरहेका छन् । सरकारी अस्पतालले निःशुल्क दिने भनिएको कुनै पनि औषधि छैन भन्दै प्राइभेट किन्न लगाउने गरेका छन् । सरकारी अस्पतालभित्र औषधि पसल त हुन्छ तर त्यस अस्पतालका डाक्टरले लेखिदिएको औषधि त्यहाँ पाइँदैन । भइहाले पनि १, २ वटा पाइन्छन् । अन्य महंगा औषधिहरु प्राइभेट छेउछाउका पसलमा किन्न पठाइन्छ । (तामाकोसी सन्देशमा समाचार छ)