विनोध चौधरी व्यापारी हुन् कि राजनेता हुन् ?

राजनीति समाचार

काठमाडौं । अहिले नेपालको धनाढ्यको सूचीमा परेका विनोध चौधरीको नाम चर्चामा रहेर छ । नाम जति चर्चामा रहेपनि चौधरीले राम्रो काम गर्न सकेका छैनन् । ख्यातिप्राप्त उद्योगपति भनेर चिनिने विनोद चौधरीले वाईवाई चाउचाउमा ठगी गरेजस्तै विभिन्न सामानमा पनि ठगी गरेको बताइन्छ ।

विनोद चौधरीको कम्पनीले अधिकांश राजनीतिक पार्टीलाई चन्द्रा दिएर सांसद बन्ने गरेका छन् । विनोद चौधरी सांसद भएपछि ऐन नियम आफ्नो कम्पनीको फेवरमा बनाउनेदेखि विभिन्न उद्योग सञ्चालन गर्दा राज्यलाई तिर्नुपर्ने कर नबुझाएर राजश्व छल्दै आएको समाचार सञ्चार माध्यमले उजागर गर्दै आएका छन् । चौधरीले राज्यलाई तिर्नुपर्ने राजश्व विभिन्न बहानामा छली गर्दै आएका छन् । कतिपय राजनीतिक दलका कार्यकर्तादेखि विभिन्न उच्च घरानाका व्यक्तिले जागीर खानेदेखि सेवा, सुविधासमेत विनोद चौधरीबाट लिने गरेका छन् ।

एउटा उद्योगपतिले राज्यमा उपल्लो निकाय समेत छ । नेपाली जनतालाई समेत ठगिराख्दा राज्यका निकायहरु कानमा तेल हालेर बसेको अवस्था छ । चौधरीले अधिकांश उद्योग, कलकारखाना, अस्पताल चलाएका छन् । एउटा उद्योगपतिले राज्यको उपल्लो निकायसमेतलाई आफ्नो नियन्त्रणमा लिएर राज्यमाथि नै खेडवाड गरिरहेका छन् । अहिले विनोद चौधरीले कसरी हुन्छ सिजी कम्युनिकेशन न्युनिफाइड लाइसेन्स लिनको लागि विभिन्न शक्तिकेन्द्र प्रयोग गरिरहेका छन् । उनी जसरी भएपनि चौधरी समूहको सिजी टेलिकम्युनिकेसन हात पार्न सकिन्छ भन्ने दाउमा छन् । तर, नेपाल सरकारले राजपत्रमा निकालेको सूचनाको पालन गर्नुपर्ने सर्त राखेपछि विनोद रोकिएका थिए ।

अहिले आगामी संघ र प्रदेशको चुनावको लागि सबै राजनीतिक पार्टीलाई चन्दा दिएर हुन्छ कि पार्टीका नेतालाइ प्रयोग गरेर हुन्छ कि सञ्चारमन्त्री, सञ्चार सचिव, सञ्चार मन्त्रालयका उच्च कर्मचारीलाई प्रयोग गरेर भएपनि सिजीको लाइसेन्स लिने भित्री चलखेलमा लागिपरेको बताइन्छ । तर, सरकारको पक्षबाट केही पहल भएको छैन ।

राज्यको सूचना अनुसार नियम पालना गर्नुपर्ने प्रावधानलाई अटेर गरी रहेका चौधरी कसरी हुन्छ यो नियम कानूनलाई व्यवास्ता गर्दै सिजी टेलिकम लिएर छाड्ने लाइनमा चौधरी ग्रुग लागेको छ । र, दूरसञ्चार प्राधिकरणलाई प्रभावमा पार्न खोजेका छन् । त्यसको लागि दूरसञ्चार प्राधिकरणका कर्मचारीलाई दबाब दिइरहेका छन् । तर, अधिकांश राजनीतिक दलका नेतालाई किन्ने हैसियत राख्ने चौधरी समानुपातिक सांसद र कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौधरीले नेपालमा उद्योग धन्दा सञ्चालकको नामा अनेक धन्दा चलाउने गरेको स्रोतको भनाइ छ ।

चौधरी ग्रुपको सुरक्षाको व्यवस्था भूपु सेना, भुपु नेपाल प्रहरी र सशस्त्र प्रहरीका भुपुदेखि नेपाल सरकारबाट सेवानिवृत्त कर्मचारी सचिव, सह–सचिवसमेतको खाने थलो बनाएका छन् । त्यस्तै राजनीतिक लदका सांसद, मन्त्री, पत्रकार सबैलाई आर्थिक, भौतिक गर्ने गरेको कारण पनि चौधरीले जस्तोसुकै अनियमितता गरेपनि छुटकारा पाउने गरेको जनगुनासो आमनेपाली जनताले गर्न थालेका छन् । आगामी आमनिर्वाचनमा कुन पार्टीबाट टिकट पाउँछन् कि समानुपातिक सांसद बन्छन् अहिलेसम्म कुनै जानकारी आधिकारिक रुपमा आएको छैन । यस्तै व्यापारी विनोद चौधरीको सिको गरेर अन्य व्यापारीले राजश्व छल्नेदेखि उद्योग खोल्न लागिपरेका छन् ।

तर, चुनाव आएको कारण चुनावी खर्च माग्न विभिन्न दलका नेताले सहयोग माग्न थालिसकेका छन् । तर, चौधरीले कुन पार्टीलाई बढी सहयोग गर्दछन् त्यसै पार्टीबाट फेरि सांसद बन्ने सम्भावना बढेर गएको छ । राजनीतिक दलले यस्ता व्यापारीलाई सांसद, मन्त्री बनाएमा नेपालको लागि हित हुने छैन । व्यापारीको लागि हित हुनेभन्दा अन्य अवैध धन्दा चलाउन व्यापारीहरु विभिन्न बहानामा सांसद, मन्त्री हुने गरेका छन् । यसले कुनै व्यापारी अथवा राजनीतिक दललाई कुनै लाभ हुँदैन । (तामाकोसी सन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *