बाग्मती सभ्यता पुनस्र्थापना गर्न लागिपरेका छौं

अन्तरवार्ता

अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्ष उद्धवप्रसाद तिमल्सेना रहेका छन् । उनले ०७७ मंसिर ४ गते कार्यालयमा पदवहाली गरेका हुन् । नेपाल सरकारका पूर्वसहसचिव तिमल्सेना राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको कार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका हुन् । यसअघि उनले विभिन्न जिल्लामा स्थानीय विकास अधिकारीका साथै प्रमुख जिल्ला अधिकारी भएर काम गरेका थिए । तिमल्सेनाले जर्मनी, फिलिपिन्स, हंगेरी, दक्षिण कोरियाबाट योजना तर्जुमालगायतका विषयमा तालिम लिएका छन् । उनले एमए, बिएल, बिएडसम्मको अध्ययन गरेका छन् । पदबहाली कार्यक्रममा तिमल्सेनाले सरकारले दिएको जिम्मेवारी इमान्दारीतापूर्वक पूरा गर्ने प्रतिवद्धता जनाएका थिए । भोजपुरको भुल्केमा जन्मिएका तिमिल्सिना कर्तव्यनिष्ठ र समाजसेवीका रुपमा चिनिन्छन् । उनी अहिले बाग्मतीलाई ढलमुक्त बनाउने अभियानमा जुटेका छन् । यहि सेरोफेरोमा उनीस“गै तामाकोशी सन्देश साप्ताहिकका प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंशः

० पछिल्लो समय अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले के कस्ता कामहरु गर्दै आएको छ ?
पहिला हामी बागमती नदीमा मात्रै सीमित थियांै । तर, अहिले हामी बागमती र यसका सहायक नदीमा पनि काम गरिरहेका छौं । विगत वर्षमा बागमती र धोवी खोलामा काम गरेका थियौं । गत वर्षदेखि हनुमन्तेलगायतका नदीमा पनि हाम्रा क्रियाकलाप सुरु गरिरहेका छौं । हाम्रो मुख्य उद्देश्य भनेको नदीलाई जीवन्त बनाउने हो । विगतका प्राकृतिक अवस्थामा पु¥याउने हो, सफा बनाउने हो । त्यही उद्देश्यअनुरूप हामीले नदीमा जसरी ढल सोझै मिसिएका छन् । त्यसलाई रोक्ने हो । जसरी नदीमा फोहोर मिसिएका छन्, त्यसलाई रोक्ने हो । बागमतीबाहेक रहेका अन्य सहायक नदीहरूमा पनि ढल निर्माग गर्न‘पर्छ । यसरी सबै नदीकिनाराबाट ढल निर्माणका साथै करिडोर बनाइसकेपछि ट्राफिक जाम पनि कम हुन्छ । यसरी ढलको साथै करिडोर, अन्डरपासको सिस्टम बनाउँदा काठमाडौंलगायत उपत्यकाभित्रको ट्राफिक जाम पनि घट्छ । ढल र करिडोर निर्माण गरिरहँदा नदीकिनारा, छेउछाउ रहेका जुन पुराना भइसकेका मठमन्दिरहरू छन् । तिनको संरक्षण र पुनःनिर्माणका कार्यहरू गर्ने । धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसावले स्वच्छ, आकर्षक र राम्रो बनाउने । लगातका योजना रहेका छन् ।
० पहिलाको जस्तो बागमती सरसफाइ अभियानको चर्चा सेलाएको छ नि ?
हाम्रो सफाइ अभियान सेलाएको छैन । २०७० जेठ ५ गते सुरु भएको सरसफाइ अभियानले आजसम्म निरन्तरता पाएको छ । सुरु–सुरुमा जस्तो चर्चा त पाएको छैन, तर यो सफाइ अभियानले निरन्तरता पाएको छ । हामीले हरेक हप्ता १० टनसम्म फोहोर निकाल्ने गरेका पनि छौं । तर, विगतमा जति फोहोर निस्कँदैन । फोहोर त कम हुँदै जानुप¥यो नि ! अहिले पनि फोेहोर पहिलाको जत्ति नै देखियो भने यो सरसफाइ अभियान गरेको त मतलब नै भएन । यसका अतिरिक्त हामीले घरदैलो कार्यक्रम पनि गरेका छौं । जनचेतनाको विभिन्न किसिमका अवधारणाहरू मिडियामार्फत प्रचार गरिरहेका छौं । यसरी मुख्य जनतालाई सुसूचित पनि गराएका छौं । सँगसँगै विभिन्न निर्माणका क्रियाकलापलाई पनि सँगसँगै अगाडि बढाइरहेका छौं । दुवै किसिमका पाटो हामीले समाइरहेका छौं । जनतालाई स्वामित्व लिने वातावरण तय गरिरहेका छौं । जनतालाई यो हाम्रो स्वामित्व हो र यो हामीले नै गर्न‘पर्छ भन्ने स्वामित्व दिलाउने प्रक्रिया विभिन्न कार्यक्रममार्फत पनि गरिरहेका छौं ।
० तपाईंहरूले गर्ने काम ढलनिकास बाहेक अर्को काम के हुन्छ ?
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको ढलनिकास अर्को काम भनेको नदी छेउमा कोरिडोर खोल्ने । ट्राफिक जामलाई निकास दिने । नदीकिनारालाई ब्यूटिफिकेसन गर्ने । अहिले हामी गुहेश्वरीदेखि गोकर्णको बीचमा एडीबीको सहयोगमा धमाधम काम गरिरहेका छौं । पशुपति तलका तिलगंगादेखि तीनकुनेहुँदै हनुमन्तसम्मका ठाउँमा हेर्दा पनि देखिन्छ । नदीकिनारामा थप्रै ब्युटिफिकेसनका कामहरू भइरहेका छन् । ती ठाउँमा बोटविरुवाहरू हुर्किएर ठूला–ठूला भएका छन् । जसले शहरलाई हरियालीमा परिणत गरेको छ । बाग्मती नदीमा सुन्दरता थपिएको छ । पुराना मठमन्दिरहरूको जिर्णोद्धार गर्ने कामहरू पनि भएका छन् । भरखरै मात्र हामीले १५ ओटा पुराना मठमन्दिरहरू पुनःनिर्माण गरेर गुठी र सम्बन्धित निकायलाई हस्तान्तरण गरेका छौं । त्यसैगरी थापाथली, त्रिपुरेश्वर, कालीमाटीहुँदै कीर्तिपुरसम्मका २०७२ सालको भूकम्पले ध्वस्त बनाएका पुराना मठमन्दिरहरू पुनःनिर्माण गरेर हस्तातरण गर्ने काम भएका छन् । अन्य पुराना कलाकीर्तिले सिंगारिएका पुरातात्विक र ऐतिहासिक मठमन्दिरको जीर्णोद्धार गर्ने काम पनि भइरहेका छन् । त्यसैले ढलनिकासबाहेक हामीले गर्ने काम यी पनि हुन् ।
० बागमतीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भनेर लाग्नुभएको छ, सम्भव छ ?
सम्भव छ, हामीले विभिन्न किसिमका क्रियाकलाप गरिरहेका छौं । विगतमा बागमती नदी यति सफा थियो कि म नै बागमती नदीमा पौडी खेलेको हुँ । अहिले सुन्दा यो कथाजस्तो लाग्छ । स्कुल आउँदा जाँदा पानी पनि खान्थ्यौं । कति सफा थियो । अहिले त त्यस्तो छैन, तर आगामी दिनमा बागमती नदीलाई पुरानै स्वरूपमा फर्काउन कसरी सम्भव हुनसक्छ भने नदीमा ढल मिसाउन नदिने, फोहोर फाल्न नदिने र पानीको बहाव पनि बढाउनुपर्छ । पानी पनि बग्ने वातावरण बनाउनुपर्छ । यसका लागि २ वटा विकल्प छन् । एउटा विकल्प भनेको हामीले बाँधको अवधारणा ल्याएका छौं । सुन्दरीजलमाथि दुईवटा बाँध बनाउँछौं, जहाँ वर्षात्को पानी संकलन गर्छौं । ४ सय ४० लिटर प्रतिसेकेन्ड त्यो दुईवटा बाँधबाट पानी बागमतीमा बगाउनेछौं । हरेक दिन हरेक सेकेन्ड, हरेक मिनेट साढे ४ सय लिटर पानी बागमतीमा बग्नेछ । स्वच्छ पानी पनि बग्ने भयो । मेलम्ची खानेपानी आयोजना आएपछि मेलम्चीको पानी खानेपानीमा प्रयोग हुनेछ र बागमतीको पानी बागमतीमै स्वच्छ पानीका रूपमा बग्न पाउनेछ । यसकारण बागमतीमा पानीको बहाव बढ्नेछ । अर्कातर्फ हामी ढल सोझै विसर्जन गर्न दिँदैनौं । हामी प्रशोधनसहितको ढल विसर्जन गर्न दिन्छौं । खोलामा घरबाट निस्कने फोहोरमैलाहरू फाल्न दिँदैनौं । खोलाका दायाँ–बायाँ पार्कहरू निर्माण गरेर हरियाली बढाउनेछौं । बागमतीको धेरै स्थानमा हामीले तारबारले घेरिसकेका छौं । यसले गर्दा बागमती सोझै प्रदूषण हुने अवस्थामा पुग्दैन । पानी पनि बग्ने वातावरण हामी बनाउनेछौं, जसले गर्दा विगतको हाम्रो पुख्र्यौलीले भोगेको, देखेको त्यो सफा बागमती हामीले फेरि देख्न पाउनेछौं ।
० बाग्मती नदी किनाराका जग्गा अनधिकृत रुपमा भोगचलन गर्ने कस्ता व्यक्ति र संस्थाहरू रहेको पाउनुभयो ?
सुकुम्बासी, भूमिहीनका नाममा विभिन्न मान्छेहरू बस्ने । सामाजिक कामको नाममा विभिन्न संस्थाहरू राख्ने । कुनैलाई जेष्ठ नागरिक भवन भन्ने । कुनैलाई किरियापुत्री भवन भन्ने । महिलाहरूको हकहित र संरक्षण भवन भन्ने नाममा भोगचलन गरेको पाइयो । तिनीहरूलाई नगरपालिकाहरूले सहयोग पनि गर्ने । व्यक्तिगत रुपमा पनि पैसा उठाउने गर्ने गरेको देखियो । त्यसरी मठमन्दिर, खोलाकिनाराका जग्गा अधिकरण गरेर बनाइएका घर, टहराहरू भत्काउने अभियान जारी छ । हामीले यसरी बनाइएका घर, टहराहरू खोजिखोजी भत्काउँदै जाने योजना बनाएका छौं । अहिलेसम्म हामीले गोकर्णदेखि गुहेश्वरीसम्म लगभग क्लियर गरिसकेका छौं । नदीको बीच भागबाट दायाँबायाँको कति क्षेत्रफल खोलाको जग्गा हुन्छ ? यसलाई कसरी मापन गर्ने ? यति नै भनेर अहिले ठ्याक्कै डाटामा भन्न सकिँदैन । ठाउँ–ठाउँका डाटाहरू बेग्लाबेग्दै छन् । नदीको माथिल्लो भेकमा अलि कम छ । तलतिर जाँदै गर्दा अलि बढी छ । शान्तिनगर यरियामा आइपुग्दा मान्छेहरूले च्यापेर घर बनाइसकेकाले निकै साँघुरो भएको छ । त्यसको ठाउँ अनुसारको मापदण्ड तोकिएको छ । त्यसैले अहिले यति नै भन्ने अवस्था छैन ।
० विभिन्न विवादले गर्दा बागमती ब्युटिफिकेसनको परियोजना अलमलमा परेको भन्ने छ, दाता फर्किए भन्ने छ, हो ?
अहिले भइरहेको काम रोकिएको छ । यसले बागमतीको सौन्दर्यता कायम राख्नका लागि असर त निश्चित रूपमा पर्ने हुन्छ । तर, केही स्थानमा मात्रै असर पर्छ । अरू ठाउँमा काम गरेका छौं । कुनै एक स्थानलाई मात्रै हेरेर दाताहरू फर्किहाल्ने भन्नेचाहिँ होइन । उसले हामीलाई सचेत गराउनु स्वाभाविक नै हो । कसैले ऋण दिँदै छ भने सचेत हुनुपर्छ भन्ने कुरा त स्वाभाविक नै हो । तर पनि हामीले अर्को एउटा मौका पाउँदैछौं । थापाथलीबाट बल्खुसम्म फेरि पनि ब्युटिफिकेसन ल्यान्ड स्केपिङ भनेर हामी दोस्रो चरणको कार्यक्रम सुरु गर्दैछौं । हामी बागमतीसँग जोडिएको सभ्यतालाई पनि संरक्षण गर्दैछौं । पहिलो चरणको बागमती ब्युटिफिकेसनको परियोजना ३६ मिलियन अमेरिकी डलरको थियो भने दोस्रो चरणको ७८ मिलियनको परियोजना हुनेछ । एडिबीको ७२ मिलियन र बाँकी नेपाल सरकारको बजेट छ । एडिबीले ऋणस्वरूप रकम उपलब्ध गराउनेछ । अहिले छलफल भइरहेको छ । अब छिट्टै सम्झौता हुँदैछ । यसलाई आवश्यक पर्ने पूर्वाधारहरू तयार गरेपछि सम्झौता हुनेछ । अहिले ३० प्रतिशत टेन्डर भइसक्नुपर्छ भन्ने छ अनि सम्झौता हुनेछ । यो परियोजनाको अवधि सन् २०२४ सम्म रहनेछ । यस परियोजनाअन्तर्गत बागमती नदीको ब्युटिफिकेसन गर्ने भन्ने छ । २६ वटा मठमन्दिर जीर्णोद्धार गर्ने थापाथलीबाट पचली भैरवसम्म, टुकुचा खोलालाई प्रशोधन गर्दैछौं । त्यसपछि गोकर्णमा पनि मठमन्दिर जीर्णोद्धार गर्दैछौं ।
० बागमती नदी आसपासमा रहेको जग्गा मुआब्जाको विवाद प्रक्रिया कहाँ पुग्यो नि ?
मुआब्जा विवादका कारण नै बागमतीको ब्युटिफिकेसन परियोजनाको काम रोकिएको छ । विवाद मन्त्रालयसम्म पनि पुगेको छ । यो विवाद संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफलको विषय बनेको छ । छिट्टै एउटा निष्कर्ष निस्कनेछ । खोला बगिसकेको भएर विशेष किसिमको निर्णय हुन पनि जरुरी होला । यो छलफलको रूपमा गएको छ दुईवटा समितिमा । एउटा निक्र्योल आउला । यदि दिन नसकिने भनेर आयो भने पनि उहाँहरू अदालतमा जान सक्नुहुन्छ । दिन मिल्ने भयो भने पनि विवाद समाधान हुन्छ । अब एउटा निर्णय आउला । मलाई विश्वास छ, छिट्टै यो विषयमा निर्णय हुनसक्छ ।
० सडक किनारामा वृक्षारोपण गर्ने कामलाई निरन्तरता रोकिएको हो ?
काम रोकिएको छैन । काम त भइरहेको छ तर कतिपय स्थानमा ठाउँको अभाव छ । हामीले ठाउँ बढाइरहेका छौं । अहिलेचाहिँ हामीलाई जग्गा दिनुस्, निःशुल्क रूपमा वृक्षारोपण गराउनेछौं भनेर पनि माग आइरहेको छौं ।
० बागमती स्वच्छताका कार्यक्रम सञ्चालन गर्ने क्रममा के–कस्ता चुनौती देख्नुभयो त ?
चुनौती त धेरै छन् । नदीनाला भन्नेबित्तिकै जग्गाको विवाद आउने रहेछ । जनता सरकारमुखी भए । आफू ढल लगेर खोलामा फाल्ने, प्रशोधनचाहिँ सरकारले गर्न‘पर्छ भन्ने छ । अलिकति पनि जनताले आफ्नो जिम्मेवारी बहन गर्न नखोज्ने । सुकुमवासीका समस्या तथा अन्य समस्याले गर्दा हामीले चाहेजस्तो समाधान गर्न सकेका छैनौं । हामीले अपेक्षा गरेको जस्तो छैन । जस्तै १ सय ८८ रोपनीको यो मुआब्जा विवादको विषयमा पनि मैले पटक–पटक मन्त्रालयमा के अनुरोध गरेको छु भने, कि हामी यसको मुआब्जा दिन सक्छौं, कि दिन सक्दैनौं भनेर स्पष्ट भनौं । गत वर्षसम्म बजेटकै समस्या थियो । हामीले २ सय प्रतिशत प्रगति विवरण देखाउन सक्यौं । मंसिरमै काम सम्पन्न गरेर थप बजेट माग्यौं । असारमा मात्रै थप बजेट पाउन सक्यौं । हाम्रो क्षमताअनुसार बजेट दिएको भए त हामीले धेरै काम गर्न सक्यौं नि ! सानो कुराका लागि पनि मन्त्रालयसम्म धाउनुपर्छ ।
० अन्त्यमा केही भन्नु छ ?
मुआब्जा विवादका कारण काम रोकियो । यसको समाधान पनि खोज्नुपर्छ । अर्को कुरा, शनिबारको सरसफाइ महाअभियानमा राज्यको अर्बौं खर्च हुन्छ भन्ने प्रचार भएको छ । यो कुरा गलत हो । निःशुल्क रूपमा अभियान सञ्चालन भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *