सही बाटो लोकतन्त्र कि अर्थतन्त्र ?

समाचार

नेपालमा राजतन्त्र हुँदा नेपालको अर्थतन्त्र निकै बलियो थियो । नेपाललाई आत्मनिर्भर राष्ट्र बनाउने हिसाबले उद्योगहरुको स्थापना गरिएका थिए । नेपाली जनताको टाउकोमा अहिलेको जस्तो ठुलो ऋणको भारी थिएन । नेपाल राष्ट्रलाई एक ढिक्का बनाउने हिसाबले सडक सञ्जालको निव राखिएको थियो । मधेश, पाहाड र हिमाललाई जोड्ने गरी नेपालको राजनीतिक बिभाजन गरिएका थिए । सोही अनुसार वस्तीहरुको विकास भएका थिए । विकासको फललाई नेपालको कुना कुना सम्म पनि पुर्याउनको लागि पाँच विकास क्षेत्रको अवधारणालाई कार्यन्वयन गरिएको थियो ।
राजतन्त्रको बिरोध गरीगरी सत्तामा पुगेका दलहरुले पञ्चायत कालमा नेपाललाई आत्मनिर्भर मुलुक बनाउनको लागि धेरै सोचबिचारगरी स्थापना गरेको उद्योगहरु सबै बन्द गरी दिएका छन् । फलस्वरुप नेपालमा केही पनि उत्पादन नहुँदा नेपाली जनताको दैनिक जीवनयापन गर्नको लागि अतिआवश्यक वस्तुहरु सबै विदेशबाटै आयात गर्न‘ पर्ने भएको छ । त्यसको लागि विदेशी मुद्रा चाहिने हुँदा दलहरुले नेपालको युवा जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नीति बनायो । अहिले पचासौं लाख नेपालीहरु वैदेशीक रोजगारीमा गएका छन् ।
तिनीहरुले प्रतिमहिना खरबमा रिमीट्यान्स नेपाल पठाउने गरेका छन् । तर नेपालको आयात धेरै बढेको हुँदा उक्त रिमिट्यान्सले मात्रै नेपालको आयातलाई धान्न सकीरहेको छैन । थप आयातको लागि चाहिने विदेशी मुद्रा दलहरुले विदेशी ऋण काढेर पुरा गर्ने गरेका छन् । नेपालको त्यस्तो विदेशी ऋण अहिले २० खरब २५ अरब नाघेको छ । दलहरुको नीति अनुसार आएको वैदेशिक रोजगारी पनि अहिले मानव तस्करीको रुपमा विकास भईसकेको छ ।
नेपाली महिलाहरुलाई विदेशीले जबरजस्ती यौनदासी बनाएर राखेको समचारहरु लगातार प्रकाशित भएकाभएकै छन् । पुरुष कामदारहरु नै असुरक्षित हुने विदेशका केही मुलुकहरुमा मानव तस्करहरुले महिला कामदारहरुलाई लुकाई छिपाई पर्याएर अमानविय व्यवहार र सोषण गर्दै पशुबत थुनेर राखेका छन् भन्ने सुनिन्छ । सत्तामा बसेका दलहरु मेहनत गरी कमाउन जानेका छैनन् त्यसैले भ्रष्टाचार, आर्थिक अपराध र मानव तस्कारीलाई आफ्नो कमाउने धन्दा बनाएका छन् । कोरोना महामारीकालमा वैदेशिक रोजगारीबाट हुने राष्ट्रिय आम्दानी निकै घटेको थियो । बैदेशिक रोजगारीलाई आफ्नो राष्ट्रिय आयस्रोत बनाएका दक्षिण एशियाकै अन्य मुलुकहरुमा पनि यस्तो आम्दानी धेरै घटेको थियो ।
उक्त केहि मुलुकहरु यतिबेला कडा आर्थिक संकट झेली रहेका छन् भने नेपालमा पनि हल्का आर्थिक संकटको प्रभाव देखिएका छन् । आयात गरिएका समाग्रीहरु महंगो हुनको साथ अभाव पनि हुन थालेको महशुस गरिएका छन् । अमेरिका लगायत युरोपियन मुलुकहरु संसारमा लोकतन्त्रको दुहाई दिन्छन् । त्यसैबाट प्रेरित भएर नेपालका राजनीतिक दलहरुले पनि लोकतन्त्रको दुहाई नेपाल दिएका हुन । दलहरुले नेपालको अर्थतन्त्रलाई अहिले यस्तो मोडमा पर्याएका छन् कि विदेशी ऋण सहयोग बिना अब यो चल्नै नसक्ने भएको छ ।
नेपालको विकास त गर्ने तर कुन आर्थिक स्रोतबाट गर्ने भन्ने प्रश्न ठुलो छ र त्यसको जबाफ सजिलै दिन सकिन्न । विदेशी लगानी भित्र्याउनको लागि दलहरुले दुकान खोलेर बसेको लामो समय भयो तर पनि विकासको लागि लगानी जुटाउन विदेशी ऋण नकाढी सुखै पाएका छैनन् । नेपालमा सानातिना रिफिल उद्योगहरु र पार्टपूर्जा ल्याएर जोडजाम गर्ने एसेम्बली उद्योगहरु बाहेक अन्यमा लगानी गर्न विदेशीले रुची देखाएका छैनन् । नेपालमा लामोकाल देखि चल्दै आएको राजनीतिक अस्थिरताले गर्दा नेपालमा ढुक्क भएर लगानी गर्न सकिने वातावारण छैन । साथै नेपालमा चल्दै आएको भ्रष्टाचार र आर्थिक अपराधले विदेशी लगानी कर्ताहरुको लागि झस्काउने कारण बनेका छन् । झस्किएर तर्सिएर कसैले लगानी गर्दैन किनकि संसारमा कतिपय मुलुकहरु छन् जहाँ ढुक्क भएर लगानी गर्न सकिन्छ र सजिलै कमाएर लान पनि सकिन्छ ।
भारत र चीनमा लगानी मैत्री वातावारण कायम रहेको हुनाले नै उक्त मुलुकहरु लगानी कर्ताको लागि आकर्षक मुलुक बनेका हुन । भारतले कोरनाकालमा चीनलाई पनि उछिन्ेर विदेशी लगानी भारतमा ल्याउने सफलता पाएको छ । फलस्वरुप अहिले भारत बिश्वको पाँचौ ठुलो अर्थतन्त्र भएको मुलक बन्ने सफलता पाएको छ । यो मामलामा भारतले ब्रिटेनलाई पनि पछाडि पारेको छ । नेपाल दुई ठुला आर्थिक महाशक्ति चीन र भारतको बिचमा बसेर पनि विदेशी लगानी नेपालमा ल्याउन सकेको छैन ।
विदेशीले कुनै पनि मुलुकमा लगानी गर्दा लगानीको सुरक्षा हुन्छ कि हुँदैन र नाफा कमाएर लान सजिलै सकिन्छ कि सकिन्न भन्ने कुराहरुलाई ध्यान दिन्छन्् । नेपालमा पैसा बोकी लगानी गर्न आउनेहरु धेरै झमेलामा पर्ने गरेका छन् भन्ने गाँईगुँई सुनिन्छ । कतिपय नेपालमा लगानी गर्न आएका उत्सुक लगानी कर्ताहरु नेपालको झमेला देखी निरास भएर अन्य मुलुक तिर डाईभर्ट भएको पनि सुनिएको छ । त्यसैले लगानी नेपालमा ल्याउनको लागि लोकतन्त्र मात्रै भएर पुग्दैन । लगानी कर्ताको लागि सस्तो जनसक्तिको प्रयाप्तता र सुरक्षा महत्वपूर्ण हुन्छन्् । नेपालमा जनशक्तिको प्रयाप्तता छैन । जो छन् सबै वैदेशिक रोजगारीमा गएका छन् ।
दक्ष जनशक्तिको त झनै अभाव छ । नेपालको परियोजनाहरुमा दक्ष मात्र होइन अदक्ष जनशक्ति समेत विदेशबाटै ल्याएर काम चलाएका छन् । खासगरी नेपालका जलबिद्युत परियोजनाहरुमा काम गर्नेहरु धेरै विदेशी नै छन् । त्यसैले नेपालमा परियोजनाहरु चलाउन निर्माण सामाग्री र जनशक्तिहरु विदेशबाट ल्याउनु पर्ने भएकाले विदेशी मुद्राको जरुरत हुन्छ र सोआवश्यकता पुरा गर्नको लागि विदेशी सित ऋण नकाढी नहुने अवस्था श्रृजना हुन्छ । दलहरुको कारण नेपाल अहिले आर्थिक दुष्चक्रको सिकार बनीसकेको छ । विदेशी ऋण लिएर गरेको विकासबाट फुटेको कौडी आम्दानी राष्ट्रलाई भएको छैन । पुरानो विदेशी ऋणको साँवा व्याज तिर्नकै लागि पनि नयाँ विदेशी ऋण काढ्नु पर्ने जटिल अवस्थामा नेपाल राष्ट्रलाई दलहरुले पुर्याएका छन् ।
विकासलाई राम्रो सित नबुझेका दलका नेताहरुले नेपालको विकासलाई अन्धोहरुलाई हात्ती झै बनाईदिएका छन् । नेपालको लागि मामुली विकासको प्राथमिकता समेत बनाउन सकेका छैनन् । विदेशी ऋणमा प्राप्त लगानी सोचबिचारै नगरी भ्युटावर आदि बनाउनमा लगानी गरेका छन् । ठुला परियोजनाहरुमा गरेको खरबौंको लगानी परियोजनाहरु समयमा पुरा गर्न नसक्दा निस्किय लागानीमा रुपान्तरण भएका छन् । नेपालको लोकतन्त्रलाई जोगाउन यतिबेला दलहरुले निकै मेहनत गर्न‘ पर्ने हुन्छ । लोकतन्त्रको चक्करमा देलहरुले नेपालको आर्थतन्त्रलाई बलियो बनाउन ध्यानै दिएनन् । विदेशी ऋणमा देश चलाउने परम्परालाई दलहरुले निरन्तरता दिईनै राख्यो । नेपालको आर्थतन्त्रलाई आत्मनिर्भर बनाउने तिर कुनै कदम चाल्दै चालेनन् । राजतन्त्र र पञ्चायतकालमा भएगरेका उद्योगहरुको विकासलाई निरन्तरता दिने तिर ध्यान नदिएर बन्दगर्दै लानेतिर जोडलगाए । अब आएर दलहरु झसङ्ग भएका छन् किनकि लोकतन्त्रलाई बलियो बनाउन अर्थतन्त्र पनि बलियो हुनुपर्नेमा सो भएको छैन । अहिले नेपाल बिस्थारै आर्थिक संकटको चपेटामा पर्दै गएको अवस्था छ ।
आयात व्यापारमा आधारित राष्ट्रको आम्दानी आयात घटाउदा सोपनि घट्ने भएकाले दलहरु रणभुल्लमा परेका छन् । नेपालमा भन्दा बलियो लोकतन्त्र भएको मुलुक श्रीलंकामा दलका नेताहरुले गरेको यस्तै गल्तीहरुकै कारण त्यहँ कडा आर्थिक संकट उत्पन्न भएको थियो । लोकतन्त्र तिर मात्रै जोड दिने तर आर्थतन्त्र मजबुत बनाउन तिर ध्यान नदिने भएकाले दक्षिण एशियाका मुलुकहरुमा आर्थिक सङ्कट छाएको छ । तत्कालिन सोभियत संघका नेता गोर्वाचेभले लोकतन्त्रमा ध्यान दिए तर सोभियत संघको अर्थतन्त्र बलियो बनाउन कुनै ध्यान दिएनन् । फलस्वरुप सोभियत संघको विघटन नाटकिय ढंगले सम्पन्न हुन पुग्यो ।
सोभियत संघको उक्त अनुभवबाट चीनले भने शिक्षा लिएर चीनको अर्थतन्त्रलाई बलियो बनाउदै लगे । परिणाम के निस्कियो भन्ने कुरा अजको दिनमा चीन संसारकै ठुलो अर्थतन्त्र भएको अमेरिकालाई उछिन्ने अवस्थामा पुगेको कुरा प्रष्ठ नै छ । त्यसकारण नेपालका दलहरुले पनि लोकतन्त्रमा मात्रै जोड लगाउने होइन नेपालको अर्थतन्त्रलाई पनि बलियो बनाउनको लागि जोड लगाउनु पर्छ । अर्थतन्त्र बलियो भएको खण्डमा आर्थिक संकट सजिलै टार्न सकिन्छ अनि लोकतन्त्र पनि बलियो हुन्छ । नेपालमा सबैको ध्यान अव नेपालको आर्थतन्त्रलाई बलियो बनाउने तिर केन्द्रित हुनुपर्छ । राजनीतिक व्यबस्था जस्तो भए पनि त्यो राजनीतिक व्यवस्थाले राष्ट्रको अर्थतन्त्रलाई बलियो बनाउन सकेन भने यो व्यवस्था सफल भन्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *