सशस्त्रमा ठूलालाई चैन सानालाई जेल चलान

समाचार

काठमाडौं । ठूलालाई चैन सानालाई ऐन भने जस्तै भएको छ । सशस्त्र प्रहरीबलभित्र वरिष्ठ हबलदार नरेन्द्र सिंह साउदलाई हातहतियार मुद्दा लागेको छ । एउटा गुल्म, गणमा कार्यरत प्रहरी दुई सय कर्मचारी कार्यरत रहने गरेका छन् । अधिकांश गुल्म, गणमा कार्यरत प्रहरीको नेतृत्व एसपीले गर्ने गरेका छन् । तर, दुई सय जनशक्ति कार्यरत रहेको प्रहरी गणमा १३० भन्दा बढी प्रहरी ड्युटी नै नगरी बिदामा बस्ने र तलब, भत्ता र सुविधा खाने गरेपछि सशस्त्र प्रहरीबलका वरिष्ठ हवलदारले एक टेलिभिजन पत्रकारलाई समाचार दिएका थिए । सो समाचारको विषयलाई लिएर हातहतियार, खरखजानाको आरोप लगाएर जेल पु¥याएका छन् । पत्रकारलाई समाचार दिएको विषयभन्दा पनि हातहतियार, खरखजाना सम्बन्धी आरोपलगाएर मुद्दा चलाइएको छ । सशस्त्र प्रहरीको कानुन शाखामा कार्यरत युवराज अर्याल र एसपी त्रिभुवन विष्ट मिलेर वरिष्ठ हबलदार नरेन्द्र सिंह साउदलाई फसाइएको बताइन्छ । एसपी त्रिभुवन विष्टले वरिष्ठ हबलदार नरेन्द्र सिंह साउदलाई जेल पठाएका छन् । त्रिभुवन विष्ट भने प्रहरीको रासनदेखि लत्ताकपडा इत्यादि सामान दिएको भन्दै सोको पैसा खाँदै र विभिन्न सामान किनेको भन्दै बिल बनाएर खाने गरेका छन् । उता कर्मचारीलाई आवश्यक ड्युटीमा नखटाएर बिदा मिलाएर आम्दानीको स्रोत खोज्ने गरेका छन् । वास्तवमा भन्नुपर्दा वरिष्ठ हबलदारले ड्युटीमा बस्ने प्रहरी छैन । १३० जनालाई एकैपटक बिदा दिँदा ड्युटी गर्न समस्या भएको भन्ने समाचार पत्रकारलाई दिएका रहेछन् । पत्रकारले समाचार हबलदारले दिएको खुलासा गरेका रहेछन् । उक्त विषयलाई लिएर सशस्त्र प्रहरीका वरिष्ठ हबलदारलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा फसाएको बताइन्छ । यी र यस्ता घटना सशस्त्र प्रहरी बलभित्र धेरै हुने गरेका छन् ।
एसपी त्रिभुवन विष्टले कर्मचारीको कोर्टमास्टर भएर कर्मचारीलाई दुःख दिने र कर्मचारी फसाउने काम गरेको आरोप त्रिभुवन विष्टमाथि लाग्दै आएको छ । सिमानाकामा बस्ने कर्मचारी र सिमा सुरक्षामा खटिने प्रहरी पनि मारमा परेको पीडित प्रहरीको गुनासो छ । त्यसैगरी गणेश मल्लले प्रशासन शाखादेखि विभिन्न आम्दानीको स्रोत हुने ठाउँमा सुदूरपश्चिम घर भएका प्रहरीलाई छानीछानी आम्दानी हुने ठाउँमा खटाइएको अवस्था छ । गणेश मल्ल लामो समयसम्म केन्द्रमा रमाइरहेका छन् । त्यहाँ उनी लेखा शाखामा बसेर ३ जना आईजी फेरिसकेका छन् । अब कति आइजीपी फेर्ने हुन् भन्ने त्रास छ एक पीडित लेखा शाखाका कर्मचारीले तामाकोसीसँग गुनासो पोखे । सशस्त्र प्रहरी बलभित्र यस्तो भ्रष्टाचार दुद्दासमेत राज्यको कुनैपनि निकायले छानविन गरेको छैन । यस घटनामा सम्बन्धित निकाय चुपचाप बसेको छ । अहिले गृहमन्त्री बालकृष्ण खाँड र भुषण राणाको प्रहरीभित्र राज चल्ने गरेको बताइन्छ । सशस्त्र प्रहरी बलभित्र सुरुवा, बढुवादेखि चुनाव खर्चको खेलोमेलो हुने गरेको बताइन्छ । यस्तै घटनालाई स्रोत बनाएर चुनावको लागि खर्च जुटाउने गरेको बताइन्छ । अधिकांश गुल्म, गणबाट पैसा उठाउने र सरुवा बढुवाको लबिङ गर्ने गरिएको अवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *