एमालेको शरणमा शेखर

समाचार

काठमाडौं । राजनीतिक दलका नेताहरुले नेपालमा गर्ने निर्देशन दक्षिणको लिने गरेका छन् । पदमा पुग्दा दक्षिणकै स्वार्थमा काम गर्नेहरुका बिचमा गठबन्धन हुँदैछ । कांग्रेसका नेता डा.शेखर कोइराला र एमालेका केपी ओली बिचको गठबन्धनले अब कांग्रेस एकजुट नहुने संकेत देखिएको छ । कोइराला परिवारको दासत्वबाट कांग्रेसलाई मुक्त गरेर पार्टीलाई समावेशीताको आधारमा चलाउँदै आएका सभापत िशेरबहादुर देउवाले १४औं महाधिवेशनमा पराजित भएका डा.शेखरले ४२ प्रतिशत हिस्सा खोजेका छन् ।
केपी ओलीले संघीयता गणतन्त्र र समावेशिताको आधारमा बनेको संविधानमाथि राष्ट्रपतिको साथ लिएर संसद भंग गराए । संसद भंग गर्ने निर्णयमा अन्य पार्टीका नेतादेखि एमालेका नेतासमेत सहमत थिएन । एमाले फुटाउने काम भयो, नेकपा फुटाइयो । सांसद नरहेका डा.शेखर त्यो बेला पनि केपीकै लाइनमा थिए । केपी र शेखरलाई भारतले मिलाएको बताइन्छ । यी दुबैको गुरु भारत हो भनिन्छ ।
केपी ओलीलाई कांग्रेसभित्र विद्रोह गराउन नसके सत्ता गठबन्धन भत्काउन सकिन्छ कि भनेर लागे । तर त्यो सम्भव भएन । कांग्रेसका नेता डा.शेखरसँग उनकै टिमभित्र विद्रोह हुन्छ भन्ने सोच आएको छैन । शेखरलाई कोइराला परिवारका डा.सशांक र सुजाताको साथ पनि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *