तत्कालीन सचिवको एउटै रुप

समाचार

काठमाडौं । पदमा बस्दासम्म कहाँबाट पैसा आउँछ भन्ने दाउ मात्र खोज्न्ने तर जनताको भावनामा चासो नदिने पूर्व प्रशासकहरुको समूका केही व्यक्तिहरु अहिले राजनीतिक दलका नेताहरुलाई प्रशिक्षण दिन थालेका छन् । खानेपानी मन्त्रालयको सचिवबाट अवकाश पाएका भीम उपाध्यायको व्यवहारले अहिले प्रशासन क्षेत्र चकित बनेको छ । खानेपानीबाट नेपाल ट्रष्टको कार्यालय पुगेका गजेन्द्र ठाकुरको चरित्र पनि उस्तै छ । ठाकुर मेलम्चीबाट इटालियन ठेकेदार भगाउने कर्मचारीमा गनिन्छन् ।
तत्कालीन सचिव भीम उपाध्यायले मेलम्ची परियोजनाबाट राम्रो फाइदा लिएका थिए । मन्त्रालयमा ठाकुर सचिव भएर आएपछि तत्कालीन मन्त्री बिना मगरले मागेको ठेकेदारलाई नै ल्याउने भन्दै समय गुजार्ने काम गरे । तर भागवण्डा नमिलेपछि ठाकुर नेपाल ट्रष्टमा तानिए । ठाकुरको स्थानमा माधव बेल्बासेको आगमन भयो । तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारलाई नेपालमा पानीजहाज चलाउन सकिन्छ भन्ने सल्लाह दिन माधव बेल्बासे लागिपरेका थिए । उक्त समय बेलबासे उर्जा मन्त्रालयको जलशक्ति आयोजनामा थिए । उनलाई प्रधानमन्त्री ओलीले नै खानेपानी मन्त्रालयमा ल्याएका थिए । बेल्बासेको समयमा पनि मेलम्चीले पूर्ण रुप लिन सकेन । सचिवबाट अवकाश भएका माधव बेल्बासे हाल लोकसेवा आयोगको सदस्य छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव पदमा रहँदासम्म नेताको आदेश पर्खने तुलसीप्रसाद सिटौला अर्का विवादित पात्र हुन् । नुवाकोटका स्थायी सिटौलाको आदेशवादी व्यवहार पनि अहिले नेताको प्रवचन बन्दैछ । प्रशासनिक तहमा भद्रगोल बनाएर स्वार्थ पुरा गर्ने भीम उपाध्याय, तुलसी सिटौला, गजेन्द्र ठाकुरजस्ता पूर्वप्रशासकको आदर्शवादी प्रवचनलाई कर्मचारी क्षेत्रले चर्काे विरोध गनृ थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *