मेयर बालेनको काम कति ठीक कति बेठीक ?

समाचार

काठमाडौं । गठबन्धन सरकार बनेको एक बर्षभन्दा बढी भएको छ । मन्त्रीहरुले सम्पक्ति विवरण बुझाएको समाचार आएको छ । सरकारमा रहेका मन्त्री विभिन्न कारण विवादमा रहेका छन् । भ्रष्टचार बढेको छ । बेथिति बढेको छ । चुनावी तालमेल गर्न सकेका छैन । राजनीतिक दलको कार्यदल बनाएर सिट बाँडफाटमा गर्नलाई हम्मे परेको छ । भ्रष्टचार बढेको छ । भ्रष्टचार बेथिति बढेपनि सम्बन्धित निकायले ध्यान दिएको छैन । राजनीतिक दलभित्र गठबन्धको कुरामिल्न सकेको छैन । स्थानीय निर्वाचन गर्नपनि गठबन्धन गरेका थिए । अहिले स्थानीय जनप्रतिनिधिले गठबन्धनको काम भन्दापनि आफ्नै पार्टीका कार्यकर्ता पोसाउने र ठेक्का लगाउने गरेका छन् । गठबन्धनबाट चुनाव जितेका जनप्रतिनिधिले गठबन्धनको बारेमा अन्दापनि कसरी चुनाव खर्च उठाउनेतिर स्थानीय जनप्रतिनिधि लागि परेका छन् । अधिकांस स्थानीय तहका जनप्रतिनिधिले विधुत प्राधिकरण संघिय खानेपानी तथा ढल व्यवस्थापनको लागि भनेर लाखौ बजेट छटाएका छन् । राजनीतिक दलका जनप्रतिनिधिले विभिन्न उपभोग्य समिति बनाएर ठेक्का लगाएका छन् । यसै ठेक्काबाट चुनाव खर्च उठाउने तयारी गरेको बताइन्छ । स्थानीय निकायमा कर्मचारी भर्नादेखि विभिन्न कामको लागि सडक विभागबाट समेत पैसा राख्न लगाएर कबरहल, मसलन्द सामाग्री, अस्पताल निर्माण, नगरपालिकाको निर्माण कार्य, बजार अनुगमन, नगर सभा, प्रधानमन्त्री रोजगार, कोष कार्यक्रम, वृषरोपण विपद् व्यवस्थापन नगरपालिकाको राजस्व र संकलन करछुटको व्यवस्थापन, घरदैलो गरी कर संकलन, शैक्षिक निर्माण जस्तामा बजेट जुटाएर सबै मिलेर भागशान्ति गर्न लागिपरेका छन् । सामुदायक विद्यालय, तालिम, गोष्ठि, वेरोजगार युवायुवती विदेशबाट नेपाल फर्किएका व्यक्तिलाई जागिर भन्दै नारा ल्याएर खाने योजना भएको देखिन्छ । अहिले चर्चामा रहेको नगरपालिका काठमाडौं, धरान भएको देखिन्छ । काठमाडौं धरान पोखरा जस्ता महानगरले केही मात्रामा चर्चामा पाएका छन् । तर अन्य नगरपालिका, गाउँपालिकाले चर्चा पाउन सकेका छैन । तर हुनत स्थानीय निर्वाचन भएको ५ महिला लाग्दै छ तर गरौ भने केहि हुन्छ भन्ने उदाहरण काठमाडौंको मेयर बालेन शाहले देखाएका छन् । त्यस्तै बालेनलाई पछ्याउँदै चर्चामा पोखरा महानगरका धनराज आचार्य पनि रहेका छन् । धरानका मेयर हर्क साम्पाङले पनि श्रमदान गरेरै भएपनि केही हदसम्म खानेपानी धरानमा ल्याएर चर्चामा आएका छन् ।
काठमाडौं उपत्यकाभित्र रहेका घरधनीले महानगरलाई घरबहाल करकति बुझाएका छन् कि बुझाएका छैन । घरधनीले करबुझाउने गरेका छन् । घरबहाल करचाहि डेरागरी बस्ने व्यक्तिले तिर्नुपर्छ । यस्तै डेरामा बस्ने र घरवहाल कर तिर्ने गरेका छन् । घरसाहुले घरवहाल कर तिरेका छैन । पसल संचालन गर्ने व्यक्ति घरधनीले कर बुझाई दिने गरेका छन् । काठमाडौं भत्तलपुर, ललितपुर जिल्ला मा सम्पन्न घरवालाले अधिकांसले घरवहाल करबुझाएका छैन । काठमाडौंका गल्ली गल्लीमा पसल संचालक गरी रहेको छ । उदाहरणको लागि बागबजार, पुतलीसडक भित्र ठुलो भवन खडा गरेका छन् । तर महानगरलाई तिर्नुपर्ने कर बुझाएका छैन । महानगरपालिकाभित्र नर्माण भएका घरको मापदण्ड देखि क्षेत्रफल कुुन अवस्थामा निर्माण भएका छन् । नक्सापास गरेका छन् कि छैन यस्ता कुरामा वालेन शाहको ध्यान जान्छ कि जादैन तर सबैले बालेन साहको वाहीवाही गरिरहँदा राजनीतिक पार्टीलाई भने पाच्य भएको छैन । वालेन साहलाई गाह्रो पनि छ । परापुर्वकालदेखि काठमाडौंवासीले घर भाडामा लगाएर आयआर्जनको व्याख्या गरेका थिए । कतिपय काठमाडौं जिल्ला भक्तपुरल ललितपुर, जस्ता सहरी इलाकाभित्र नक्सा पास गरेको घरतहरा गोदाम प्रशस्तै रहेका छन् । उदाहरणको लागि न्युरोड गल्ली, असन, भोटाहिटी, मखन गल्ली, न्युरोड ज्याठा, ललितपुरको च्यासल, ग्वार्काे, भक्तपुरको सुर्यविनायक भक्तपुर नगरपालिकाभित्र रहेका यस्ता घर टहरा यावत रहेको बताइन्छ । तर काठमाडौंको मेयर वालेन साहले काम सुरु गरेका छन् । वालेन साहबाट शिक्षा लिएर अन्य महानगरले काम गर्ने कि ? तर अधिकांस व्यापारीले पसलको भाडा ६ महिना अगाडी बुझाउने गरेका थिए । घरवाला मोटाएका छन् भने व्यापारी दुब्लाएका छन् । खासगरी बालेन साहले अधिकांस व्यापारीलाई हामीले घरटहरा हटाउने भनेका छौं भनेका छन् । तपाईहरुले आफ्नो व्यवस्था आफै गर्नु भनेर बालेनले ६ महिना समय दिएर सुचना जारी गरेको भए व्यापारीहरुको विकल्प खोज्ने थिए । तर काठमाडौं महानगरपालिकाले ३५ दिने सुचना मात्र निकालेर हटाएको छ । यसले गर्दा अधिकांश व्यापारी मार परेका छन् । सुन्धाराको आरबी कम्प्लेक्सदेखि अन्य व्यापारिक प्रयोजन भएका क्षेत्रमा ६ महिना अगाडी खबरदारी गर्नु उचित हुने थियो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *