खाद्य संस्थान कि पहुँचवालालाई कोसेली टक्र्याउने थालो ?

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल खाद्य संस्थानले सुपथ मूल्यमा चाडवाड लक्षित पसल सञ्चालनमा ल्याएको छ । नेपाल खाद्य संस्थानमार्पmत वडा दशैंकोलाई भनेर खसी, बोका, च्याङ्ग्रा राजधानी भित्रिने क्रम पनि जारी छ । नेपाल खाद्य संस्थान र साल्ट्र ट्रेडिङ कर्पोरेशनले वडा दशैं, तिहार र छड पर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सर्वसाधारणका लागि सर्वसुलभ ढंगले सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने नाममा खोलिएका ती सुपथ मूल्य पसल र खाद्य संस्थानबाट सार्वसाधारणले सामान पाउँदैनन् ।

त्यसरी सञ्चालनमा ल्याइएका सुपथ मूल्य पसल खासगरी सर्वसाधारण नेपालीको लागि हुनुपर्ने हो । तर, त्यसरी सुपथ मूल्यमा खोलिएका पसलहरु त्यहाँ कार्यरत कर्मचारी, हाकिम, राजनीतिक दललका नेता, पहुँचवाला कार्यकर्ता, सेना, प्रहरीका हाकिमहरु, मन्त्री र पहुँचवाला धनाढ्य व्यक्तिहरु र विभिन्न मन्त्रालयका हाकीमहरुलाई कोसेली टक्र्याउने थलो बनेका छन् । सर्वसाधारणलाई सर्वसुलभ रुपमा सुपथ मूल्यमा सामान उपलब्ध गराउन खोलिएका यी ठाउँ ठूलावडा र पहुँचवालाको गाउँघरबाट ल्याएएका अर्गानिक सामान रोज्ने थलो बनेको छ ।

त्यहाँ त्यसरी ल्याइएका खसी, बोका, च्याङ्ग्रा, चामल, दाल, खाने तेलजस्ता सामाग्रीहरु त्यहाँका कर्मचारी र हाकिमहरुले ठूला बडालाई खोजीखोजी घर–घरमा कोसेलीको रुपमा पु¥याउने र आफ्नो दुनो सोझ्याउने काम पहिलादेखि गर्दै आएका छन् । यसपालि पनि त्यो शृंखला सुरु भइसकेको छ ।  नेपाल खाद्य संस्था, साल्ट टे«ेडिङ जस्ता संस्थाले यसरी सुपथ मूल्यको नाममा सञ्चालन गरेका पसलहरुमा कत्तिको गुणस्तरीय सामानहरु आएका छन् ।

मासुको लागि ल्याइएका चौपायहरु कत्तिको स्वस्थ छन् । चामल, दाल, खानेतेल जस्ता खाद्य वस्तुह कत्तिको गुणस्तरीय छन् । त्यसको बारेमा खाद्य गुण नियन्त्रण तथा सरकारका सम्बन्धित निकायले ध्यान दिएको देखिँदैन । अन्य व्यापारीहरुले झिकाएका चडपर्व लक्षित खाद्य सामाग्री पनि कत्तिको गुणस्तरीय छन् । त्यसमा पनि सम्बन्धित निकायको ध्यान गएको छैन । सरकारी निकायले कहाँ कसरी कुन व्यापारीले चडवाडको नाममा ठगी गरिरहेको त्यसमा पनि सरकारी निकायले अनुगमनमा कुनै चासो देखाएको छैन । अनुगमनका गएका कर्मचारी र सम्बन्धित पक्ष पनि तिनै कालाबजारीसँग मिलेर घूस खाने गर्दछन् ।

यसमा प्रहरी, प्रशासनले पनि कानमा तेल हालेर बसेको देखिन्छ । चाडपर्व लक्षित खाद्यन्नलगायत लुगाफाटादेखि अन्य सामाग्रीहरुमा कालो बजारी गर्ने व्यापारीदेखि बिचौलियाको ठूलो चलखेल भइराखेको छ । त्यसमा बजार अनुगमन तथा गुणस्तर विभागले कुनै चासो देखाएको छैन । पहिला समय–समयमा बजार अनुगमन हुन्थ्यो । अहिले अनुगमनमा जाने कर्मचारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरु उल्टै तिनै कालाबजारीसँग मिलेमतो गरी कमिसन लिएर फर्किने गरेका धेरै उदाहरणहरु छन् ।

त्यसकारण सर्वसाधारणका नाममा जति सुपथ मूल्य पसल खुलेपनि लक्षित, वर्ग, समुदायले त्यसको अनुभूति गर्न पाएका छैनन् । सर्वसाधारणहरु जतिले पनि कालाबजारी गर्ने व्यापारी, भ्रष्ट कर्मचारी तन्त्र र बिचौलियाको मारमा पर्ने गरेका छन् । त्यसप्रति सम्बन्धित निकायको कहिले ध्यान जान जरुरी छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *