ramchandra

राजनीतिक दलहरुको पाँच वर्षे कार्यकाल सिल्यान्यास र उद्घाटनमै समाप्त

समाचार

रामचन्द्र बस्नेत
काठमाडौं । २०७४ सालमा निर्वाचित भएका सांसदहरुको जागिर असोज १ गतेबाट समाप्त भएको छ । २०७४ सालमा प्रतिनिधि सभाको निर्वाचनमा नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टीलाई बहुमत दिएर सत्तामा पु¥याएका थिए । तर, बहुमतसहित सरकारले देश र जनताको लागि केही गर्न सकेन । खाली सभा, सम्मेलन, उद्घाटन जस्ता कामलाई प्राथमिकता दिएर रमाएका थिए । नेकपाको सरकारका तत्कालीन प्रधानमन्त्री केपी ओलीले मेलम्ची खानेपानी आयोजना उद्घाटन गरेका थिए भने २०७२ सालमा गएको भूकम्पका कारण भत्किएको धरहरालाई काम सम्पन्न नभइकन उद्घाटन गरेर नेपाली जनतालाई झुक्याउनेभन्दा अन्य काम गर्न सकेनन् । त्यस्तै केपी ओली मात्रै होइनन् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, मधेशवादी दलका नेता उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि पाँच वर्षे कार्यकाल खाली उद्घाटन र सिल्यान्यासमा बिताएका छन् । नेपाली जनतालाई दुईतिहाइ बहुमतको सरकारले देशमा शान्ति सुव्यवस्था कायम गरी विकास र समृद्धिको ढोका खोल्छन् । नेपालीहरु विदेश पलायन हुनुपर्ने छैन । कम्युनिस्टको सरकारले नेपालमा सुव्यवस्था कायम गर्छ भन्ने थियो । तर, नेपाली जनताको यी सपनाहरुलाई राजनीतिक दलका नेताहरुले हावामा उडाइदिए । र, आगामी निर्वाचनमा पनि नेपाली जनताले गठबन्धनलाई बहुमत दिएर सत्तामा पु¥याउँछन् भन्ने आँकलन नेताहरुले गरिराखेका छन् । तर, त्यो सपना ‘मनको लल्डु घिउसँग खानु’ जस्तै सावित हुने देखिन्छ । अहिले मुलुकमा व्याप्त भ्रष्टाचार, व्यथिति, राजनीतिक खिचातानीले गर्दा आमनेपाली वाक्क भएका छन् । राजनीतिक दलभित्र एकापसमा समझदारी गरेर अगाडि बढ्न सकेका छैनन् । र, नेपालको राजनीतिप्रति जनतालाई वितिष्णा छाएको देखिन्छ । राजनीतिक कारणले गर्दा अधिकांश नेपाली निरास बन्दै गएका छन् । राजनीतिक पार्टीका नेता, कार्यकर्ताहरु पनि पार्टीभित्र वितिष्णाको शृंखला बढेपछि एकापसमा मनमोटव गरी पार्टीका शीर्ष नेताहरुलाई गालीगलौज गर्नमा व्यस्त रहेको देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *