काठमाडौं । जसको संगठन छैन, उसैको ठूलो स्वर भनेजस्तै वामदेव गौतम र डा. बाबुराम भट्टराईको सक्रियता राजनीतिकर्मीमा छैन । कम्युनिष्टहरुले साथ नदिएसम्म दुबै नेताले चुनाव जित्दैनन् । वामदेवले राष्ट्रिय सभाको सांसद पद मरिहत्ते गर्दैन भने वामदेवलाई ठाउँ छोड्न अरु राजी हुनसक्थे । ५ वर्षसम्म टिक्न नसक्ने नारायणकाजीको हालत त्यही छ । डा.बाबुरामले माओवादीको साथ पाउने सम्भव छैन । २०७४ सालको स्थानीय चुनावमा डा.बाबुरामले गोरखामा माओवादीलाई लखेटेका थिए ।
यसपटक गोरखामा डा.बाबुरामको जसपाले बरु कांग्रेस मन परायो । तर माओवादीलाई खेदेकै थिए । डा.बाबुराम लाग्दा पनि जसपाको नेतृत्वमा कतै एक सिट पनि आएन । बरु आरुघाट गाउँपािलका, शिद्धनाथ गाउँपालिका बाहेक आठ पालिका माओवादीले जित्यो । परिणाम माओवादीको पक्षमा आउने संघीय चुनावमा माओवादीले आफ्नै पार्टी विरोधीलाई जिताउनुपर्ने सम्भावना हुँदैन ।
गोरखाको हकमा नारायणकाजी पनि रुचीका पात्र होइनन् । जसले नेताको रुपमा केन्द्रबाट फाइदा लिएका छन्, उसैलाई साथ दिन कार्यकर्ता चाहँदैनन् । काजीको समूह मन्त्री बन्दा कार्यकर्ताको काम गर्दैन् । डा.भट्टराईले पनि कार्यकर्ता चाहिन्छ भन्ने सोचेनन् । कार्यकर्ताभन्दा माफिया र व्यापारीलार्य नजिक बनाउने नेताको हालत यस्तै हुँदै जान्छ ।