युद्ध परिस्थितिको बाध्यता थियो, अहिले शान्तिमा प्रतिवद्ध छौंं ः प्रचण्ड

समाचार

काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्तिप्रति माओवादीको प्रतिवद्धतामा आशंका नगर्न सबैसँग आग्रह गरेका छन् । उनले विगतमा युद्ध लड्नु आफूहरुको परिस्थितिजन्य वाध्यता भएको बताए ।

आज भुतपूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले धेरैले माओवादीलाई सहीरुपमा बुझ्न नसकेको गुनासो गरे ।

उनले भने, ‘युद्ध परिस्थितिको वाध्यता थियो, वाध्यताको उपज थियो । तर, हामीभित्र शान्तिप्रति, मानवता र लोकतन्त्रप्रति निष्ठा नभएको हून्थ्यो भने शान्ति सम्झौता सम्भव थिएन ।’

प्रचण्डले डाकु रत्नाकर पछि वाल्मिकी ऋषी बनेको तथा सम्राट अशोक शान्ति दूत बनेको उदाहरण दिँदै युद्धमा सहभागीहरुले नै शान्तिको महत्व बढी बुझ्ने दावश्र गरे ।

‘युद्ध लडेकाहरु क्रुर हुन्छन् र लोकतान्त्रिक हुँदैनन् कि भन्ने दिग्भ्रम हुन्छ । तर, जो विद्रोमा गए उनीहरुले नै शान्तिका लागि योगदान गरेका छन् । माओवादी अहिले पनि कतै पहिलेजस्तै पो छ कि भ्रम छ । तर, हामी नै शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रक्रियामा सबैभन्दा बढी गहिराईका साथ लागिरहेका छों । बुद्धिजिवी, पत्रकार तथा अगूवाले यो विभ्रम हटाइदिए हुन्छ,’ प्रचण्डले भने ।

युद्धले शान्ति ल्याएको धेरै उदाहरण विश्वमा रहेको उनले बताए । ठूलो त्याग र बलिदानबाट आएको हुनाले माओवादी जनताको शान्तिको चाहनासँग एकाकार रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *